Posted by: CaMoFLaGeD September 26, 2007
Login in to Rate this Post:
0
?
केटाकेटी हुँदा एकपल्ट ट्रेकिङ गर्ने अवसर पाइएको थियो साथीहरु र उनिहरुका काकासङ्ग धरानबाट भोजपुर, दिङ्लासम्म।
धरानबाट हिले सम्म बसमा गैयो अनि त्यहाँबाट लगभग दिनभरी ओरालो झरियो (दियालेको ओरालो हो कि?)। एक रात होटलमा बास बसेपछि भोलीपल्ट बिहानै फेरि लागियो सम्म एरियामा। त्यो अक्करको भिर रैछ अरुण खोलाको छेउमा, सार्है खतरा! लगभग ६-७ फिट मात्रै होला त्यो बाटोको चौडाइ, तल हेर्यो अरुण खोला बबाल बगिरहेको! ओहो! सम्झिदा अझै झसङ्ग हुन्छ। त्यो दिनभरी हिँडेपछि तुम्लिङटारको एयरपोर्ट तल अरुण खोला तरेर बास बसियो। अनि अर्को दिन चाँहि दिङ्ला पुगियो। जिउ कत्ति दुखेछ भन्ने त कुरै नगरौँ। तर ठाउँ चाँहि रमाइलो लाग्यो।
त्यहाँपनि क्रिकेट खेलियो उ बेला साथी साथी मिलेर! एक दुइजना त्यहाँका हाम्रा उमेरका केटाहरुलाईपनि फिल्डिङ गराइयो।
षडानन्दको स्कूल धेरै राम्रो लाग्यो। अरुण माध्यमिक बिद्यालय भन्ने नि थियो। सुन्तला कत्ति खाइयो यस्को त लेखा जोखा नै छैन। मकालु देखिन्थ्यो त्यहाँ बाट बिहानै खुब राम्रो!
रमाइला छन् नेपालका पहाडहरु!
:-)