Posted by: hetterika!! September 26, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
श्रीमान ठुल्दाइ, हाजिरी हिसाब किताब बिभाग चौतारी, साझामाण्डौं। उपर्युक्त सम्बन्धमा मिति ९/२६/२००७ को रिठ्ठेको उजुरी अबगत भयो। उक्त उल्लेखित दिन छद्के मार्दा छद्केमा परेको ठिक साँचो हो। सो दिन पनि सदा झै समयमै कार्यलय पुग्ने र चौतारी छिर्ने हेतुले समयमै घरबाट प्रस्थान समेत गरेको; समयमै कार्यालय पुगेको र चौतारीमा सबैभन्दा पहिले हाजिर भएको ब्यहोरा अनुरोध छ। तर अत्यन्त व्यस्तताको कारण चौतारीबाट हा.टा. गरेर फेरी फर्कन नभ्याएको बेलामा छडके मारिएकोले छड्केमा परेको ब्यहोरा जानाकारी गराउछु। बरु सबै व्यस्त हुदाहुदै पनि छड्के मारिनुमा ठुलो षडयन्त्रको गन्ध देखिन आएको व्यहोरा जानाकारी गराउन चाहन्छु। भवदीय हरि बोधार्थ: रिठ्ठे, चौतारीका अरु सम्पूर्ण महानुभाव हरु!
Read Full Discussion Thread for this article