Posted by: Rahuldai September 26, 2007
-चौतारी ७७-
Login in to Rate this Post:     0       ?        
आज भोलि रातो नि लगाउन हुन्न रे। रातो लगायो कि रातो रुमाल बाध्ने केटाहरु, वाइसेल् भन्छन क्या र, हुल क हुल आएर हाकिमलाई नै धुल बनाइदिन्छन् रे। रातो लगाउने कुराले मेरो जागिरे जीवन याद अौछ। १५ बर्ष जागिर खाइयो तर समयमै अड्डा भने मुश्किलले १५ दिन पुगें होला। अल्छि को त कुरै न गरम्, त्यसमा नि समाज सेवा गर्नु पर्ने ट्याम ट्याममा, त्यसमा नि क्रिक्रेट हेर्नु पर्ने। पटक पटक रातो लगाए, दुष्ट हाकिमहरुले। रातो लगाए नि वास्त नगर्ने आफु त। कहिले काहिं मन्त्रालयबाट छद्के हुन्थ्यो। स्पष्टीकरण माग्थ्यो, कति दिने, कति त दिदै दिइन। अनि परारको कुराहो ज्ञानेको कसाही सरकारले छद्के मार्यो, मन्त्री आफै आएर। मन्त्री को भन्दा पद्म ठकुराठीलाई गोली हान्ने जगते। हकिमहरु परेको बेला अब ठुल्दाई न पर्ने कुरै भएन। छद्के परेकोमा अरु चिन्तित थिए, ठुलदाई भने गौरवान्बित। आफुले बिरोध गरेको सत्ताको छद्केलाई के छद्के भन्ने? स्पष्टीकरण मागियो। दिदै दिइन। हुदै भएन भनेर हाकिम आफैले बोलायो, २ लाइन भए नि लेखेर दिनु पर्‍यो, हाम्रो जागिरको सवाल छ भनेर। बिचरा हकिमको जागिर बचाउन लेख्नै पर्ने भयो। २ लाइन के लेख्थें र, एक पाना भरियो। यस्तो थियो मेरो स्पष्टिकरण। श्रीमान महा निर्देशकज्यू खाने ढल तथा पानी निकास बिभाग पानी न भाएको पोखरी काठमाडौ। उपर्युक्त सम्बन्धमा मिति को पत्र प्राप्त भै ब्यहोरा अबगत भयो। उक्त उल्लेखित दिन छद्के मार्दा छद्केमा परेको ठिक साँचो हो। सो दिन पनि सदा झै समयमै कार्यलय पुग्ने हेतुले समयमै घरबाट प्रस्थान समेत गरेको ब्यहोरा अनुरोध छ। तर यसो गर्दा गर्दै पनि आफू चढ्ने बाहनले बिचबाटोमा अचानक ढोका दिएको र सो बाहनलाई ठोकठाक गर्न मर्मतकेन्द्र मै एक प्रहर खर्चिनु परेकोले छद्के हानेको समयमा कार्यालयमा उपस्थित हुन नसकेको मात्र हो। भवदीय ठुल्दाई
Read Full Discussion Thread for this article