Posted by: Deep September 25, 2007
About New Indian Idol
Login in to Rate this Post:     0       ?        
सबैलाई आ-आफ्नो कुरा सिष्ट सैलीमा राख्ने छुट छ साझामा। हुन त सिष्टतालाई भकुरेर पनि कुरा उठछन हाम्रो यो टोलमा बेलाबखत तर सिम्पसनको कुरा चित्त बुझे पनि नबुझे पनि उस्ले त्यो कुरा उठाउन्नै हुन्नथ्यो भन्ने जस्तो मलाई लाग्दैन। सिम्प्सनले आफुलाई लागेको कुरा सिष्टता पूर्बक उठाए -- ठिकै छ। उठेको बिषयमा मलाई लागेको कुरा गर्नु पर्दा - "But what if tomorrow one Madhesi wins Nepali idol and bihar celebrates it with indian flag. OOPS...thats not allowed.." यहाँ नेर सिम्पसनले मधेसी भनेर कस्लाई भनेको हो? मधेस नेपालमा पनि छ भारतमा पनि। नेपालको मधेसीले नेपाली होस वा बिदेसी कुनै प्रतियोगीता जित्यो भने तेसमा अरु नेपालीहरुले दुख मनाउनु पर्ने के छ? म त कुनै कारण देख्दीन। उदीत नारायणलाई "मर्स्या धोती" भन्नेहरुलाई दुख लाग्ला तर त्यो त उनीहरुको समस्या हो। को नेपाली नागरीक हो हैन तेस्को किटान नागरीकताको प्रमाणपत्रले गर्ला तर को नेपाली हो हैन तेस्को किटान गर्दैन। नेपाली हुन नेपाली मन चाहिन्छ -- भावनाको सिमा हुँदैन। नेपाली हुन नेपाल भित्र बस्नु पर्दैन। थाह छैन सिम्पसनको बसाई कता छ तर बिदेसमा बसेका नेपालीहरुलाई "तिमीहरु नेपाली हैन" भनेर हेर्न म आग्रह गर्छु। प्रतिकृयाले जबाफ दिने नै छ। नेपाल भित्रका कति नेपालीहरु छन जस्लाई खुला रुपमा अमेरीका आउन दिनु हो भने आउलान? के ति सबै देशद्रोही हुन? बेईमान हुन? अनेपाली हुन? सिम्पसनको माथिको भनाईमा मलाई कता कता उन्ले मधेसी नेपालीहरुको अपमान गर्न खोजेको अनुभुती हुन्छ मलाई। मधेसमा बस्ने नेपालीहरुलाई बिहारी वा भारतिय भन्न खोजे जस्तो सुनिन्छ। हाम्रो मधेसको नेपालीले जितेर भारतियले आफ्नो झन्डा हल्लाउँदै खुसी देखाउँछन भने के नराम्रो भो त? "If you love Nepal so much...more than country you live in..better come to nepal. how ethical is it to love nepal (and say my country) and stay in india be indian national ?" नेपालले चाहे पनि सबैलाई अटाउन सक्दैन आफ्नो सीमा भित्र, साथी। बिदेसीएका नेपालीले पैसा पठाएर नेपाललाई ठुलो गुन लगाएका छन -- बिदेसमा नेपाली भाषा संसकृति जगेर्नामा लागेका छन -- तेस्को सराहना गरम। म नेपाली हुँ भन्नेको खुसीमा खुसी हुन किन कन्जुसियाई गर्नु? बधाई दिम --शुभकामना दिम -- हामी मध्य कतिमा त्यो ईन्डियन आईडलको उपाधी जित्न सक्ने औकात छ? जस्ले जितेको छ उस्लाइ बधाई भन्न किन अनकनाउनु? कसैलाई मित्र भन्दैमा सम्बोधन नगरेका जति त शत्रु हैन नी।
Read Full Discussion Thread for this article