Posted by: Ajneya September 24, 2007
शिरमा ढाका टोपी
Login in to Rate this Post:     0       ?        
Kantipur: प्रशान्त तामाङ 'इन्डियन आइडल' घोषित भए लगत्तै आमा र दिदीले उनको शिरमा ढाका टोपी लगाइदिए । यो दृश्य सोनी टेलिभिजनमा हेरिरहेका धेरै नेपाली भावुक बने । मध्यरातमै काठमाडौंमा खुसियाली जुलुस निस्कियो । उनीहरूको मुखमा झुन्डिएको थियो- नेपाली टोपी र प्रशान्तले गाएको गोर्खे गीत । नेपालीको चिनो हो टोपी । तर, नेपाल भूगोलभित्रका हामीले टोपी छोडिसक्यौं । राष्ट्रिय पोशाक पनि बिर्सिसक्यौं । सरकारका मन्त्रीले दौरा-सुरुवाल लगाउन छोडिसके । केही वर्षघि प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकामा त्यहा“का राष्ट्रपति बिल क्लिन्टनलाई भेटेका थिए । भेटपछि 'फोटो सेसन' हुनु अनौठो थिएन । र्टाई-सुटमा क्लिन्टनस“ग हात मिलाएको उनको फोटो सरकारी कार्यालयमा राख्न उर्दी जारी गरेको समाचार र्सार्वजनिक भएको थियो । दार्जिलिङको एक नेपाली मूलको तामाङ परिवारलाई टोपीको महत्व भइरहेको छ तर र्सार्वजनिक समारोहमा राष्ट्रिय पोशाक लगाउनुपर्ने सामान्य नैतिकतासमेत देउवाले उल्लंघन गरेका थिए । 'देउवा पथ' ले जरो गाडिसकेको छ । माओवादी मन्त्री हिसिला यमीले मन्त्री बनेपछि जिन्स पाइन्ट लगाएरै सपथ ग्रहण गरेकी थिइन् । कसैको संस्कृति र भेषभूषाको कदर गर्नुपर्छ । सबै जातजातिले आफ्नो भेषभूषा लगाउन पाउनर्ुपर्छ । र्सार्वजनिक व्यक्तिले र्सार्वजनिक समारोहमा राष्ट्रिय पोशाक लगाउने अन्तर्रर्ााट्रय चलनचाहि“ बिर्सनु हुन्न । राष्ट्रिय पोशाक लगाउन अप्ठेरो लागे आफ्नै जाति-समुदायले लगाउने भेषभूषामा सजि“दा हुन्छ । प्रशान्त नेपाली मूलका र नेपाली भाषी मात्र हुन् । उनको राष्ट्रियता भारतीय हो । टोपी उनको जातीय पोशाक पनि होइन । विजयपछि उनको शिर टोपीले उ“चो बनाइयो । किनकि टोपी नेपाली मूलको पहिचान थियो । 'दार्जिलिङको सान' थियो । नेपालमा भने हिसिला यमीहरूले न राष्ट्रिय पोशाकलाई सम्मान गर्न जाने न आफ्नै जातिको भेषभूषा कदर गर्न सके । एमालेका प्रदीप नेपाल हुन् वा माओवादीका कृष्णबहादुर महरा र कांगे्रसका कृष्णप्रसाद सिटौला सबैले राष्ट्रिय पोशाकको अवमूल्यन गरिरहेका छन् । संसदमा बोल्दा होस् वा मन्त्रीको हैसियतले र्सार्वजनिक समारोहमा जा“दा, उनीहरूले राष्ट्रिय पोशाकको इज्जत गर्न जानेनन् । देव गुरुङ वा पृथ्वी सुब्बा गुरुङले गुरुङकै पोशाकको समेत सम्मान गरेको देखिएको छैन । राष्ट्रिय पोशाक नेपालीको साझा बन्न सकेन भने फर्ेन सकिन्छ । परिवर्तन नगर्ने हो भने किन दौरा, सुरुवाल, कोट, टोपीलाई सम्मान नगर्ने - पठनपाठनको अवसर नपाएका भए यतिबेला महराहरू रोल्पातिर दौरा सुरुवाल लगाएर भे“डा चराइरहेका हुन्थे, प्रदीप नेपालहरू झुम्रे टोपीमा सजिएर लोक गीत गाइरहेका हुन्थे होलान् । अहिलेजस्तो दौरा सुरुवाल टोपीलाई चटक्क बिर्सन पाउने थिएनन् । राष्ट्रिय पोशाक नलगाए पनि तर्राईको आफ्नै भेषभूषामा सजिने थिए- मातृका यादव र जयप्रकाश गुप्ताहरू । उनीहरूलाई प्रायः र्सट-पाइन्टमा देख्न पाइन्छ । के र्सट-पाइन्ट गुप्ताको पोशाक हो - इन्डियन आइडलले अर्को पनि सन्देश दिएको छ- नेपालीबीचको एकता र सद्भाव । कपिलवस्तु जलिरहेको छ । पर्ूर्वी तर्राईको जलनको पीडा अझै छ । हामी सद्भाव र सहिष्णुता गुमाउ“दै गएका छौं । प्रशान्तलाई जिताउन सबै नेपाली एकजुट भए । दार्जिलिङ र सीमावर्ती सहरमा गएर एसएमएस भोट दिनेमा गैर तामाङ पनि थिए । प्रशान्तको सफलता दार्जिलिङका तामाङ समुदायको योगदानले मात्र भएको होइन । सबै जातजातिबाट प्रशान्तलाई सहयोग मिल्यो । नेपालभित्रका हामी सबै जाति-समुदायले यसबाट सिक्नर्ुपर्छ- र्सवप्रथम हामी नेपाली हौं शोभा बिष्ट काठमाडौं नेपालीको विजय प्रशान्त 'इन्डियल आइडल' बन्दा नेपाली खुसी हुनुको भित्री पक्ष के हो - त्यो हो हामीमा देखिएको राष्ट्रियताको भाव । प्रशान्तले दिल्लीमा करोडौं भारतीयबीच नेपाली टोपी लगाएर इन्डियन आइडलको उपाधि उचाल्दा नेपालीका आ“खा रसाउनु स्वाभाविक हो । उनलाई भोटका आधारमा विजय गराउनु चुनौतीपर्ूण्ा काम थियो । अरबौं जनसंख्या रहेको भारतमा सूचना र प्रविधिको विकास यति अगाडि बढेको छ कि उनीहरूका लागि मोबाइल बोक्नु सामान्य हो । यस्तो अवस्थामा उत्तर पर्ूर्वी भारतका आदिवासी अमित पलको दा“जोमा प्रशान्तलाई पुर्‍याउन अल्पसंख्यक नेपाली मूलका दार्जिलिङवासी र नेपालका नेपालीले ठूलै आ“ट गरेका हुन् । उत्कृष्ट तेह्रभित्र प्रशान्त परेपछि भारतमा बस्दै आएका र नेपालमा रहेका नेपाली उनलाई जिताउन मरिमेटेर लागे । यो नेपाली हौं भन्ने भावनाभन्दा अरू के हुन सक्छ - प्रशान्तले जज लगायत अन्य प्रतिस्पर्धीबाट भारतीय प्रहरीमा तल्लो तहको जागिर खाएको कारण मात्र अपहेलनापर्ूण्ा व्यवहार सामना गर्नु परेको होइन, नेपाली मूलका भएर पनि त्यस्तो भेदभाव सामना गर्नुपरेको थियो । 'इन्डियन आइडल' एउटा सांगीतिक मात्र नभएर कसको राष्ट्रियतालाई स्थापित गर्ने भन्ने अघोषित प्रतिस्पर्धा पनि थियो । त्यसमा नेपाली विजयी भएका छन् । थोरै संख्यामा रहे पनि दृढ इच्छा शक्तिका साथ प्रशान्तलाई जिताउन विश्वभरिका नेपालीले जुन एकता देखाए, त्यो विश्वकै लागि अनुपम उदाहरण बन्यो । कतिपय भारतीयस“गै नेपाली मूलका आप्रवासी र नेपालमै बस्ने नेपालीको र्समर्थन एवं प्रशान्तको मिहिनेतका कारण जजहरू समेत पछिल्लो समय उनको प्रशंसा गर्न बाध्य भए । नेपालमा हालसम्म उत्पीडनमा परेको वर्ग र समुदायका नेपालीले पहिचान खोजिरहेका छन्, तर त्यो नेपाली राष्ट्रियताभित्रै हुनर्ुपर्छ भन्ने सन्देश हरेक जातजाति, भाषाभाषी धर्मावलम्बी र समुदायकाले प्रशान्तलाई एक साथ भोटिङ गरेर पर््रदर्शन गरिसकेका छन् । विश्वमा नेपाली हौं भनेर चिनाउन चाहनेहरूको राजनीतिक, आर्थिक र सा“स्कृतिक अधिकारलाई कसरी नेपाली राष्ट्रियताभित्रै अटाउने - यो तथ्य सरकारले बेलैमा बुझ्नर्ुपर्छ । अन्यथा विरोधको स्वर राष्ट्रियता विरोधी आन्दोलनमा परिणत हुन पुग्छ । त्यस्तो आन्दोलन आम जनताले नचँह“दा नचाह“दै केही निश्चित स्वार्थ भएका व्यक्तिले अगाडि बढाउन सक्छन् । अन्ततोगत्वा त्यो पृथकतावादी आन्दोलनमा परिणत हुन सक्छ । नेपालमा पहिचानका लागि हिंसात्मक तथा शान्तिपर्ूण्ा दुवै खाले आन्दोलन उठिरहेका छन् । यही बेला प्रशान्तलाई भोटिङ गरेर नेपालीले आफ्नो राष्ट्रियताको पुष्टि गरेका छन् । यस अर्थमा इन्डियन आइडल प्रतिस्पर्धा सामान्यमात्र नभएर आम नेपाली र राज्य सञ्चालन गर्ने दलहरूलाई दरिलो सन्देश दिने घटनासमेत भएको छ । - राम प्रधान धरान --- एउटा साधारण परिवारको टुहुरो केटोले आफ्नो गायन प्रतिभा तथा शुभेच्छुकको सहयोगमा भारतमा हजारौं प्रतिस्पर्धीलाई उछिन्दै प्रतियोगितामा शर्ीष्ा स्थान प्राप्त गरेको छ । बधाई † प्रशान्त । उल्लेखनीय पक्ष उन्ाको सरलता र सादापन हो । थोरै तर मृदुभाषी प्रशान्तमा नेपालीपन छ । त्यही मिठासले होला उनी करोडौं नेपाली लगायत भारतीयका हृदयमा आसन जमाउन सफल भएका । उनी आपसी प्रेम र सद्भावका पर्याय बनेका छन् । उन्ाको सफलताले समस्त नेपाली जातिमा 'आफूमा रहेको स्वाभिमान र आफ्नोपनलाई कायम राख्दै एकजुट भई दृढतापर्ूवक अगाडि बढेमा लक्ष्य प्राप्ति अवश्यम्भावी छ' भन्ने सन्देश दिएको छ । प्रशान्तलाई ढाका टोपी लगाइदिएर नेपालीपनको र्सगर्व घोषणा गर्ने प्रशान्तकी आमालाई अभिवादन । - महेशप्रसाद भट्ट एकतामा बल प्रशान्त भारतीय नागरिक हुन् । प्रतियोगिताले फुटेर होइन जुटेर जे पनि गर्न सकिन्छ भन्ने सन्देश दिएको छ । विशेष गरी नेपाली राजनीतिमा देखिएको पार्टर्ीीवखण्डन र पार्टर्ीीmुटाउ अभियानमा लागेका वामपन्थी हुन् वा कांग्रेस, सबैका लागि यो गतिलो पाठ हुन सक्छ । - रामप्रसाद आचार्य दिलीप पौडेल अनामनगर काठमाडांैं अभिनन्दन गरौं प्रशान्तले 'गोर्खालीको छोरा हू“ गोर्खे मेरो नाम ...' गीत गाउ“दा मेरा आ“खाबाट खुसीको आ“सु अविरल बगिरह्यो । नेपाली गीत त जुनसुकै मुलुककाले गाउन सक्छन् तर उनीहरूमा नेपाली रगत, नेपाली भावना र नेपाली हृदय हु“दैन । नेपालका कतिपय विद्यालयका विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर, विभिन्न प्रकारका कार्यक्रम सञ्चालन गरेर रकम जुर्टाई प्रशान्तको सफलताका लागि सहयोग गरेका थिए । निर्ण्ाायकमण्डलका सदस्य उदितनारायण झाले 'प्रशान्तस“ग मेरो गहिरो भावनात्मक सम्बन्ध छ मेरी श्रीमती दीपाले प्रशान्तलाई आफूले बनाउन लागेको नेपाली चलचित्रमा गाउन अनुबन्धन गरेकी छन् । उनका लागि आफ्नो क्ष्ँमताले भ्याएसम्म जे पनि गर्नेछु' भन्ने अभिव्यक्तिद्वारा सबैलाई मनोवैज्ञानिक तवरले प्रेरित गरेकामा उनी पनि धन्यवादका पात्र हुन् । चलचित्रकर्मी तुलसी घिमिरेले कार्यक्रम संयोजन गरेर केही महिनाभित्रै अमेरिकाका विभिन्न सहरमा 'प्रशान्त कर्न्र्सट' गराउने भएको सुखद समाचार हो । इन्डियन आइडल बनेका प्रशान्त असोज १२ गते काठमाडौंमा र १३ मा पोखरामा आएर कर्न्र्सट गर्ने चा“जोपा“जो र्सर्ूय नेपाल प्रँ.लि.ले मिलाएको छ । उपत्यकाका तीनै जिल्लाका बासिन्दाले आ-आफ्नो गच्छेअनुसार रकम जुर्टाई उनको अभिनन्दन तथा उपहार प्रदान गर्न आह्वान गर्छु । लोकतान्त्रिक जनआन्दोलनमा घाइते आन्दोलनकारीलाई निःस्वार्थ भावनाका साथ निःशुल्क उपचार गरेर सेवा पुर्‍याएबापत तत्कालीन निरंकुश शासनले अमेरिकी डा. ब्रायनलाई हतकडी लगाएर देश निकाला गरेको थियो । मुलुकमा लोकतन्त्र बहाली पछि डा. ब्रँयनलाई नेपाल र्फकन आह्वान गरी र्सवप्रथम मैले निजी तवरले अभिनन्दन गर्ने श्रेय प्रँप्त गरेको थिए“ । प्रशान्तलाई अभिनन्दन गर्न चाहनु हुने सबैलाई मस“ग सर्म्पर्क राख्नु हुन अनुरोध गर्छु । - डा. केदार कर्माचार्य ज्वागल, कुपन्डोल, ललितपुर कपिलवस्तु जलेका बेला मेरो गृहजिल्ला कपिलवस्तुमा वर्षौदेखिको सामाजिक सद्भावमाथि सुनियोजित रूपमा आक्रमण गरिएको छ । प्रशान्तको विजयमा हर्षोल्लास मनाउने नेपालीले कपिलवस्तुको पीडा थाहा नपाए झैं गरिरहेछन् । हप्तौंसम्म कपिलवस्तु जलिरह“दा समेत उदासीन गृह प्रशासनले अहिले आएर घटना थामथुम पार्न स्थलगत भ्रमणको नाटक गर्‍यो । र, नौटंकी आयोग गठन गरेर झारा टारिएको छ । विगतमा यस्ता आयोग गठन भए तर कसैलाई कारबाही गरिएन । कपिलवस्तुका हजारौं जनता पीडामय जीवन बा“च्न बाध्य भएका छन् । उनीहरूको पुनर्स्थापनाका लागि कुनै ठोस पहल भएको छैन । उनीहरूका लागि अब सम्पर्ूण्ा देशवासीले हृदयदेखि सहयोगको हात बढाउनु आवश्यक छ । - लक्ष्मण पुरी कपिलवस्तु हाल ः काठमाडौं --- कुनै पनि प्रतिस्पर्धा 'इन्डियन आइडल' को ज्ास्तो नहोस् जहा“ निर्ण्ाायकको कुनै भूमिका रह“दैन । प्रशान्तको जित पर्ूण्ातया नेपालीको भोटमा निर्भर थियो । 'नेपाली तारा-२' पनि जर्ुर्मुराउनर्ुपर्छ । यसमा पनि र्सवसाधारणले भोटिङ गर्ने व्यवस्था नगरियोस् । - रोशन अधिकारी हाल ः सिर्द्धार्थ शिशु सदन मावि, कक्षा -९ हेटौंडा- ६ गौरिटार मन त नेपाली हाम्रो शरीरमा हुने 'जीन' स्वार्थी हुन्छ । जसले सधैं आफू र आफ्ना वंशको मात्रै भलाइ चाहन्छ । 'इन्डियन आइडल' बन्न सफल प्रशान्तस“ग नेपालीले देखाएको भावनात्मक सम्बन्ध जीनकै उपज हो । किनकि प्रशान्तले नेपालीको जीन बोकेका छन् । सांगीतिक लडाइ“को पलपलमा नेपाली गीत/संगीतलाई निरन्तरता दिनु नेपालप्रति उनको अगाध मायाको संकेत हो । नेपाली ढाका टोपी लगाएर गीत गाउनुले त उनी नेपालकै नागरिक हुन् कि भन्ने अनुभूति दिलाएको थियो । उनको भावनात्मक सम्बन्धलाई उचाइमा पुर्‍याउन हामीले पनि कम्ती योगदान गरेका छैनांै । निर्ण्ाायक र प्रतिस्पर्धी साथीले उनलाई पटक-पटक हेपाहा व्यवहार गरेको हामीले देखेकै हो । नेपाली मूलका भएर उनीमाथि केही निर्ण्ाायकले बेलाबेलामा नकारात्मक टिप्पणी गरेका थिए । तर, वीर गोर्खाली हुनुको परिचय हुन सक्छ, उनले आफूलाई कहिल्यै कमजोर ठानेनन् । बहादुरीपर्ूवक लड्दै गए । अन्ततः उपाधि हात पारेरै छोडे । आफ्ना उपलब्धिमा नेपालीले लगाएको गुनलाई प्रशान्तले भुलेनन् । अरबांै भारतीय माझ उनले नेपाल र नेपालीको नाम लिए । त्यसैले प्रशान्तको जित गोर्खालीको जित हो, सारा नेपालीको जित हो । गोर्खालीमाथिको दासत्व अन्त गर्ने अभियानको एउटा खुड्किलो हो । पुलिसको सिपाही मात्रै हैन अब प्रशान्त, नेपाली मूलका गोर्खालीको चिनारी पनि हो । प्रशान्त त्रि्रो जितमा सारा नेपाली रमाइरहेका छन् । हामी त्रि्रो नेपाल आगमनको प्रतीक्षामा छौं । - कर्म वाइबा लामा एमए, समाजशास्त्र
Read Full Discussion Thread for this article