Posted by: CaMoFLaGeD September 24, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
बिराटनगरबाट रंगेली हिँडेको एकपल्ट केटाकेटी हुँदा! दुरीको हिसाबले त्यो जम्मा जम्मी डेढ दुई घन्टाको बाटो हुनुपर्ने हो, त्यो मिनीबसले दिनभरी लगाएर हत्तेरिका! तर रमाइलो चाँहि रमाइलो हुने अहिले सम्झिदा। दशैँमा नेपाल जाने भन्ने कुरा सुन्दा चाँहि उहिले काठ्मान्डौबाट दशैँमा पुर्व तिर जानुपर्दा सार्है गार्हो हुन्थ्यो कहिले काँही। बिद्यार्थी हुँदा पहिले नै सिट रिजर्ब गर्ने बानी थिएन, लास्टमा त फुल भाँडा तिरेर जान्छु भन्दा टिकट काट्नेले, "भाई अब 'ए' साइडको नि सिट सकियो, 'बि' साइडको त कलंकीले दिदैन, तिम्रो लागी चाँहि 'एम' साइडको सिट छ, जाने हो?" भन्थ्यो। के रहेछ 'एम' साइड भन्या त "मुढा" सिट रैछ। त्यस्तो दिन नि आथ्यो उहिले! अनि एउटा समय थियो कलंकीमा बसेर एक सय रुपैया देखायो अनि लास्ट सिटमा बस्यो अनि लाग्यो घर तिर। एउटा दाईले "दा-मी आइडिया छ भाई सस्तोमा जानुपर्छ" भनेर लग्यो, रात भरि हैरान! :-)
Read Full Discussion Thread for this article