Posted by: everything September 24, 2007
Prashant won with represents Nepal and Nepali Unity
Login in to Rate this Post:     0       ?        
. Prashant won Indian Idol competition with representing Nepal and Nepali Unity:- "प्रशान्तले जिते" दार्जिलिङ, असोज ६ - भारतको लोकपि्रय 'इन्डियन आइडल' प्रतियोगितामा नेपालीभाषी दार्जिलिङका प्रशान्त तामाङ विजयी भएका छन् । दुई महिनासम्मका विभिन्न प्रतिस्पर्धापछि आइतबार भएको अन्तिम छनोटमा दार्जिलिङका यी २४ वर्षे युवकले मेघालयका अमित पललाई हराएर विजयी भएका हुन् । अन्तिम छनोट कार्यक्रममा प्रशान्तले नेपाली गीतसमेत गाएका थिए । ँगोर्खालीको छोरो हुँ म गोर्खे मेरो नाम आइलाग्ने शत्रुको म गर्छु काम तमाम...’ दार्जिलिङको स्थानीय 'मन्त्र' ब्यान्डले भाष्कर देवानको स्वरमा तयार पारेको यो गीत प्रशान्तको गलाबाट सुन्नेबित्तिकै टेलिभिजनमा कार्यक्रम हेर्न झुम्मिएका नेपालीहरू थप हौसिएका थिए । विजयी घोषित भएलगत्तै प्रशान्तलाई उनकी आमाले मञ्चमै नेपाली टोपी लगाइदिएकी थिइन् । 'भारतका विभिन्न भाग र नेपालबाट समेत मलाई भोट दिएर जिताउने सबैप्रति आभारी छु,' प्रशान्तले भने । इन्डियन आइडल घोषणा भएलगत्तै मध्यराति दार्जिलिङ, काठमाडौं र नेपालका अन्य भागमा प्रशंसकहरू खुसीले सडकमा निस्किएका थिए । उनीहरूले पटका पड्काउँदै रमाइलो मनाएका थिए । त्यसअघि दार्जिलिङमा प्रशान्त इन्डियन आइडल बन्नेमा ढुक्क हुँदै आएका समर्थकहरूले सहरका कुनाकुना र गल्लीगल्लीबाट बिहानैदेखि जुलुसहरू निकालेका थिए । उनीहरू राति अबेरसम्म जयजयकार गर्दै नगरपरिक्रमामा व्यस्त थिए । प्रशान्तलाई आइडल बनाउन दार्जिलिङवासीले लाखौं भोट दिएर योगदान पुर्‍याएका थिए । गाडीमा चन्द्र, सूर्य अंकित झन्डा फहराएर दार्जिलिङ आएका नेपालीहरू प्रशान्तले जितेपछि विजय उत्सव मनाउन आतुर थिए । सोनी टीभीबाट प्रशान्तले जितेको घोषणा भएलगत्तै उनीहरू झन्डासहित 'नेपालीका सान ः प्रशान्त तामाङ' जस्ता नारा लगाउँदै खुसियाली मनाउन सडकमा ओर्लिए । मध्यरातसम्म पनि प्रशान्तले जितेको खुसियालीमा रमाउनेहरू हजारौंको संख्यामा सडक, छत र सार्वजनिकस्थलमै थिए । प्रत्येक चोकमा प्रशान्तकै गीत घन्काएर नाचगान गर्ने शुभेच्छुकको रातभर ओइरो लाग्यो । छोराको 'सांगीतिक लडाइँ' नजिकबाट नियाल्न प्रशान्तकी आमा रूपा र दिदी अर्चना दार्जिलिङबाट नयाँदिल्ली गए पनि बाँकी रहेका आफन्तजनहरू टेलिभिजन च्यानललाई 'लाइभ अन्तर्वार्ता' दिन व्यस्त थिए । आधा दर्जनभन्दा बढी टेलिभिजन च्यानलले रातिसम्म लाइभ रिपोर्टिङ गर्दै प्रशान्तले जितेको खुसी देखाएका थिए । दार्जिलिङ, सिलिगुडी, आसाम, कालिङपोङ, सिक्किम, खरसाङ, मिरिकजस्ता सहर र बस्तीमा प्रशान्तले जित्नासाथ शुभेच्छुकहरू हर्षले गद्गद् भई भारतमा नेपालीको पहिचान दर्बिलो भएको गर्व गर्दैथिए । सिक्किमबाट मोटरसाइकल र्‍यालीसहित आइपुगेको युवाहरूको ठूलो समूह दार्जिलिङमा रातभर नाचगान गरेर प्रशान्तले नेपालीको नाक राख्न सफल भएकामा रमाएका थिए । घरघरबाट विद्यार्थी, किसान, कर्मचारी, व्यापारी, प्रहरीहरू हाईहाई प्रशान्त भन्दै विजयको खुसी बाँड्न व्यस्त थिए । प्रशान्तलाई जिताउन दार्जिलिङवासीले साँझ छ बजेसम्मै भोट गरेका थिए । प्रशान्तलाई जिताउन खटेका दार्जिलिङ नगरपालिकाका पार्षद तेन्जिङ खाम्बाछेले भने- 'सारा नेपालीको साथ रहेकाले प्रशान्तको विजय भएको हो । एकता भए जुनसुकै कुरामा पनि सफलता हात पार्न असम्भव छैन भन्ने यसले प्रस्ट पारेको छ ।' काठमाडौंवासीले टेलिभिजनबाट परिणाम सार्वजनिक हुनुअघि नै दीपावली मनाउन थालेका थिए । दरबारमार्ग, बौद्ध, ठमेल, चाबहिल, तीनकुने, नयाँबानेश्वर र भक्तपुर क्षेत्रमा रातभर जसो खुसियालीसाथ नाचगान गरिरहेको देखिन्थ्यो । All Nepalese must learn from this great example.... .
Read Full Discussion Thread for this article