Posted by: PallaGhareAntare September 21, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
बल्ल बल्ल साहू बुढाको पन्जाबाट फुत्किन पाईयो। यो हप्ता त दलाउनु दलाए नि। अनि फेरि उता अर्को धागो शुरु गर्द्या अरुले दुख नपाउन भनेर, अलि अलि भा ट्याम तेतै जवाफ दिँदा दिँदै बित्नि। अब आफैंले शुरु गरेसि जवाफ नि दिनै परो, नबुझि दिन नि भ'न फेरि अन्तरे डाँका को कुरो सुनेर भविष्य बिग्रिनि भो भन्नि बात लाग्नि डर, क्यार्नि। अनि के र'च हालखबर चौतारीको भन्या त जिम्माल बाले गर्नु गरेचन् बाबै। राया साग कसरी खानु अब लौ? बल्ल बल्ल चाईनिजको पसलाँ रायो हो कि हो कि जस्तो साग पाइन्थ्यो तो नि सप्र्या कारण त जिम्मालबा पो र'चन्। खत्तम पारे बुढाले। लौ ठुल्दाई, जिम्मालबा, रिट्ठे, मिस दिदी, नेप्चे, ग्वाँचे, सान्नानी, चना दाई, हरि, भउते, चिप्ले, सुन्तले दाई, सप्पै गाम्लेलाई नमस्कार है।
Read Full Discussion Thread for this article