Posted by: Rahuldai September 20, 2007
Obituary: Dr Mohan Shrestha
Login in to Rate this Post:     0       ?        
डा मोहन श्रेष्ठ प्रति मेरो भावपूर्ण श्रद्धान्जली। मैले पनि हिजो राती मात्र यो दुखद समाचार सुनेको थिएं। पोहरको दसैंमा डा श्रेष्ठको हातबाट टिका ग्रहण गर्ने शौभाग्य पाएको थिएं, यसपालीको दसैंमा यो निधार बांझो हुने भयो। मोहन दाई , फिलाडेल्फिया नेपाली समुदायमा पनि अति नै सम्मनित भद्र ब्यक्ति हुनुहुन्थ्यो। उहाँका छोरा डा महेश श्रेष्ठ फिलाडेल्फिया का बासिन्दा हुन्। पोहरको क्रिस्मसको भेलामा अन्तिम पटक डा साहेब संग लामो कुरा कानी गरेको थिएं, देशको बारेमा चिन्ता स्पष्ट झल्किन्थ्यो। क्रिस्मस र नयाबर्षको केही दिन पछि नै थलापर्नु भएको रैछ। नेपालीले चिन्न नसकेको नेपालीको चुपचाप अबसान भयो। यस शोकको घडीमा दुखित परिवारमा धैर्य धारणगर्ने शक्ती इश्वरले प्रदान गरुन्।
Read Full Discussion Thread for this article