Posted by: CaMoFLaGeD September 19, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
बुधबारे जदौ! यो सोझो कुम्लेको! सबैजनालाई सन्चै होला क्यारे! खोइ त आजकाल कोहि नि देखिन्नन् नि किन हो? कि सबैजना बिजी भएर ब्यस्त भा हो? राहुलदाई: हजुरको अनुराधा कथा चाँहि हामीले नि फलो गरि राछुम है! अरु नि चाँडो जाओस! चना ब्रो: यतै हो कि दार्जिलिङ तिर हो? जिम्माल बा: नलि खुट्टोले गार्हो पार्यो कि कसो चौतारी आउन? हरितालिके: कस्तो ब्यस्त यार! भउते: खोइ अरु गजल आउनै छाड्यो नि! लेख्न परेन र भन्या। अन्तरे दाई: हा हा हा! अब चाँहि चिने चिने जस्तो भयो। त्यो एच वान बी र ओ पिटी को थ्रेड चाँहि राम्रो लाग्यो। रिट्ठे ब्रो: के छ ब्रो हालखबर? रङ्गेली तिरको काठको पुलमा कत्तिको साइकल कुदाइयो हौ? पून्टे दाई: किन हो यस्तो मान्छे नआउनेबेलामा मात्र झुल्किने? गोतामे दाई: हजुरको कथा पढेर रमाइलो लाग्यो। आर्या नि ठुली भइन हैन? रमाइला हुन्छन् है सानी नानी सङ बिताएका समयहरु। गालब: कता हरायौ बालक? दादा: दादा ब्रो त टाप दियो कि के हो? आजकाल त नाक मुख नि देखिन्न त चौतारीमा। ग्वाँचे: ब्रो! आज को ६ बलमा ६ वटा छक्का कस्तो लाग्यो? ;-) चिप्लु पाट: खोइ यार नयाँ फोटोहरु छैनन्? नेपे दाई: खोइ आजकाल नयाँ नयाँ अप्टिमिस्टिक कविताहरु आउन छाडे नि। नमे: के छ यार? के हो तिमी नि बेपत्ता छौ नि। झिल्के: चना ब्रो सङ्गै हो दार्जिलिङ तिर? कि अझै स्विट्जरल्यान्डमा? सानोकान्छ: नयाँ गाना टाँस्ने होइन? चित्रे: फोकटमा ब्यस्त हुन्छ यार तिमीपनि। यसो हाम्लाई नि ट्याम दिन पर्यो नि। मिस्टे: खोइ कता हरायौ तिमी? नयाँ नयाँ एमपीथ्री चाहिएको थियो। ;-) नेप्चे: स्कूलाँ मास्टरसङ बसेर गफ मात्रै लडाइन्छ कि पढिन्छपनि? यामे ब्रो: खोइ त आजकाल को को ले कत्ति कत्ति पोस्ट गर्यो भन्ने चार्ट नि हेर्न पाइन्न त। बब दाई: के हो यु एस ओपनको ह्याङ ओभर ले छोड्यो? :पि दीप ब्रो: सीमा काटे देखी त फर्केर नि आइएन नि। ;-) कलन्की ब्रो: साइकलबाट बबाल उछिटिएको थियो भन्ने हल्ला छ नि। लास्टै भएछ यार! हा हा हा! रिगल: क्या नाम! बदनमा दर्द पो हुन थाल्यो हो, एउटा रम खलास गर्नुपर्यो हो सुबेदार बाजेको घरमा गएर। जग्गी: एमेस्सी!!! निसपाट: आम्बो! ब्रो त बबाल एसएमएस हान्दै बसेको छ रेन्त! लु हान ल ब्रो हान! मदनवा: कि छ रे तिम्रो हालखबर? कता हराइलियो तिमी? सुन्तली ब्रो: लु अर्को नि दामी गाना जाओस हौ! माकुरे: लौलौ तिम्रो त के कुरा गर्नु! मान्छे नै म्याभेरिक रे! हे हे हे! दुर्गे भाउजु: दाई खोइ? नेप्ची भाउजु: दाईले अनुराधा कथा सुरु गरे देखि भाउजु त हराउनुभयो नि। मिस: दिदी सन्चै? सान्नानी: के छ हौ तिम्रो खबर? ठुली: कस्तो ब्यस्त नि फेरि? तितौरी: ओहो! हराउने फेसनै हो कि के हो? सब हराउन थाले त! लु लु चाँडो आउ। सुनिमा: डाउडर्नी नानी! कता बिजी? सब्बु: आँच कता हरायो हौ तिमी त! लु आबो अर्को जेन्टल मान्छे खोज्नुपर्छ के! मुन्नी: आजकाल न साली देखिन्छिन् न त भेना नै! किन हो? लास्ट बट नट द लिस्ट: सम्पुर्ण दिदी, बहिनी, भाउजु, साथीहरुलाई पनि मेरो तर्फबाट न्यानो अभिवादन! जय चौतारी!
Read Full Discussion Thread for this article