Posted by: thopa September 19, 2007
Something to talk about
Login in to Rate this Post:     0       ?        
ज्यान जोगाउन भागेकाहरू त्रसित माधव ढुुंगाना भैरहवा, असोज १ - नेपाल प्रवेश गर्नासाथ सिमावर्ती बेलहियाको पसलमा दुुई दिनअघिको कहालीलाग्दो क्षणलाई सम्झेर मंगलबार बिहान पार्वती न्यौपाने सारीको प'mुर्कोले आँसुु पुुछिरहेकी थिइन् । पञ्चमीको पूजा गरिरहेका बेला भागेर ज्यान जोगाउँदै उनीसँगै आएका अन्य महिला र युुवतीको मुुहार पनि निकै मलिन थियो । उनीहरू केही बोल्न सकिरहेका थिएनन् । कपिलवस्तुुको कृष्णनगरमा दुुई दशकभन्दा अघिदेखि होटल व्यवसाय गर्दै आएकी पार्वतीले आइतबार बिहानको घटना सुुनाउँदै भनिन्- 'लगाएका सबै गहना र पैसा लुुटियो, लत्ताकपडा, घर सबै जलेर खरानी भयो । अब कहाँ गएर गुुजारा गर्ने ?' कपिलवस्तुु वीरपुुरका अब्दुुल मोहित खाँको अज्ञात समूहले हत्या गरेपछि उत्पन्न घटनाबाट कृष्णनगरमा विभिन्न व्यवसाय गर्दै आएका पहाडी मूलका सयौं घरपरिवारको अवस्था उनको जस्तै छ । घरमा लुुटपाट, बम प्रहार, आगजनी र सांघातिक आक्रमण हुुन थालेपछि पार्वती लगायतका परिवारले खेतखेतै भागेर भारततर्फ गई ज्यान जोगाएका थिए । फर्केर त्यही ठाउँमा बस्न असुुरक्षित भएपछि बालबच्चासहित चालीस जनाको समूह भारतीय बाटो हुुँदै आफन्तका घरमा शरण लिन मंगलबार सुुनौली नाका हँदै नेपाल आएको छ । उनीहरूका अनुुसार कृष्णनगर बजारमा मात्रै होटल, फेन्सी पसल, सटही काउन्टरलगायतका व्यवसाय गरेर बसेका करिब ६ दर्जन घरमा लुुटपाट र आगजनी भएको छ । लुुटपाट र आतंक मच्चाउने समूहले सुुरुमा घरमा पसेर नगद, सुुनचाँदी, गरगहना, टिभीलगायतका बहुुमूल्य सामान लुुटेर रिक्सामा लोड गरेपछि व्यक्तिलाई कुुटपिट गरी घरमा जलाउने गरेको थियो । कसैले घरअगाडि रहेको बसमा पेट्रोल छर्केर जलाएपछि सिधै घरतिर धकेल्ने गरेका थिए । लुुटपाट र आतंक मच्चाउनेमा अधिकांश भारततर्फबाट आएको र केही स्थानीय रहेको दाबी पीडितले गरेका छन् । 'पञ्चमीको पूजा गरिरहेका बेला परेर छोरीचेली घरमा नभएकाले उनीहरू सुुरक्षित रहे । नत्र उनीहरूको अवस्था के हुुन्थ्यो होला,' अवरुद्ध गलामा पार्वतीले भनिन् । आतंक र साम्प्रदायिकता मच्चाउने मौकाको ताकमा रहेको समूहले मोहित खाँको हत्यालाई निहँु बनाएर सक्रिय रहेको अनुुमान उनीहरूको छ । करिब ४ सय जना पहाडी मूलका नेपाली कृष्णनगरस्थित सशस्त्र क्याम्पमा पसेर सुुरक्षित भएको उनीहरूले जनाएका छन् । प्रहरी प्रशासनको कमजोरीले गर्दा ठूलो क्षति भएको आरोप उनीहरूको छ । 'सशस्त्र र जनपद प्रहरी तैनाथ रहेका बेलामा हाम्रा घरमा लुुटपाट र आगजनी भएको हो,' पीडित झवीन्द्र घिमिरेले भने- 'घटना घटेको चार घन्टापछि मात्रै सशस्त्र प्रहरी आएको हो ।' त्यति धेरै लुुटेरा भारतबाट नेपाल पस्दासमेत प्रहरी सचेत हुुन नसकेको र हवाई फायर गर्नका लागि पनि माथिको आदेश पर्खिनुुपरेकाले क्षति ठूलो भएको पीडितले बताए । Posted on: 2007-09-18 23:36:45
Read Full Discussion Thread for this article