Posted by: Deep September 18, 2007
Prachanda did the right thing!!
Login in to Rate this Post:     0       ?        
राजा जाँदा नेपालको सबै समस्या लिएर जाने हैन। खाली राजाकै मात्रै राग अलापेर देश सुध्रीदैन। राष्ट्रको आर्थिक स्थिती बलियो बनाउने बारेमा कार्यक्रमहरु खोई? टाट पल्ट्या देशमा राष्ट्राध्यक्ष जो सुकै होस हाहाकार बाहेक केही हुन्न। भारतको हस्तक्षेप छ नेपालमा। भारतले आफ्नो स्वार्थ नहेरेर के हाम्रो हेर्छ त? हाम्रो स्वार्थ त हामीले हेर्नु पर्यो नी। खाली भारतलाई सरापेर मात्रै केही हुन्न। हामीले जति मन नपराए पनि भारत बसाईं सर्ने होईन। आफुलाई नेता भन्नेहरुले चुनौतीलाई अबसरमा बदल्न सक्नु पर्छ। त्यो खै? यै ताल हो भने नेपाल भारतको जकडमा अरु पर्दै जान्छ। संबिधानसभाको नारा मुलत: माओबादीहरुको हो। आज उनीहरु नै तेसको चुनाब बिथोल्ने कुरा गर्छन भने कुरा गम्भीर छ। यो आगो राजा सकेर मात्रै निभ्दैन बरु अरु फैलिन्छ। माओबादीको यो चाल उनीहरुको घटदो प्रभाव (बिशेष गरी तराईमा) लाई फेरी ब्युँताउने प्रकिया हो। एमालेलेको बढ्दो चुनाबी कार्यक्रमले पनि माओबादीलाई अप्ठ्यारोमा पार्यो। अब नेपाली कांग्रेस पनि गणतन्त्रमा जाने भए पछि माओबादीको आफ्नो के बाँकी भो? गणतान्त्रिक कम्युनिष्ट एमाले हुने, ने-का, राप्रपा लगायतका ले गणतन्त्र भने पछि माओबादी के नारा लिएर जाने? पैले पो उनीहरुको एक्लो नारा थ्यो गणतन्त्रको र संबिधानसभाको माग गर्थे। अब त्यो स्थिती रहेन। माओबादीहरुले पनि राज्य पक्षले झै जनतालाई असजिलो पर्ने धेरै काम गरेका छन तर पनि सामाजिक संरचनामा उनीहरुले ल्याएको परीबर्तनको भने म सराहना गर्छु। उनीहरुको हिंसा प्रतिको मोह देख्दा भने घृणा लाग्छ। आजको आबस्यकता भनेको नेपाली शक्तीहरुको मेलमिलाप हो। बिखण्डन हैन। भारतलाई सीमापारी नै राख्ने हो भने हामी (माओबादी समेत) एकजुट हुनु पर्छ अन्यथा नेपालको ईतिहास भारतले लेख्ने छ।
Read Full Discussion Thread for this article