Posted by: Eklavya September 18, 2007
Girija and Lhendup Dorje
Login in to Rate this Post:     0       ?        
हे लठ्ठकको हो उत्तर कोरियन शैलिको गणतन्त्र र त्यही मोडेलको जनवाद भन्दा त अरू जुनसुकै वाद नै ठिक होला हौ । बाँकि रह्यो इण्डियाले खाने भो भन्ने कुरा त्यस्मा पनि धेरै जान्ने पल्टेर गफ नछाटौँ , किनभने अहिलेको संसारमा एउटा स्वतन्त्र मुलुकालाई सिक्किंम बनाउने कुरा कम्युनिष्ट दिमागको फित्तुर बाहेक केही हैन । त्यत्रो नेपाललाई सिक्कीम खाने भारतले खान खोज्दा सिक्किम भन्दा १०० , २०० गूना ठूला मंचुरिया र तिब्बत खाने चीन निदाएर सुतिरहला र ? नेपालका १५१ थरि कम्युनिष्ट पार्टीहरू फिरादपत्र बोकेर जान परेन कम्युनिष्ट दादासंग मद्दत माग्न ? थुइक्क बुद्दि हराएका पाजी हो ! त्यो बिजुकुच्छेलाई त अण्टस्ट बोलेर बस्नु छ बस्यो , किनभने उसले जित्ने १,२ टा सिट त्यही भक्तपुर मात्रै हो , उसको संसार त्यही हो त्यो भन्दा पर उसका लागि नेपाल छैन । जमानामा एन डि एस गर्न कालिकोट पुग्या हुनाले तयहाँको दूर्गममा पनि एउटा दुइटा चेला चपेटा बना हुन त्यत्ति हो। राष्ट्रवादको खोटो राग अलापेर हुन्न बरू छिमेकीहरूको पनि मन जितेर गर्न खान सिक्न पर्छ । आँफू ध्वंश मच्चाउने , आँफूबीच मेलमिलाप गरी जनतालाई गर्न खान दिन नखोज्ने , अनि नानाथरि राग अलापेर राजनीति गर्ने पत्रूहरू हे तिमीहरू । अहिलेको ग्लोब्लाइज्ड संसारमा किन मुलुकको राग अलाप्न पर्‍यो बरू 'बसुधेव कुटुम्बकम्' भनेर बाँच्न , उच्च हुन र बचाउन सक र सिक नराधमहरू हो । राष्ट्र भनेको माटोहो कि ममता हो ,बुद्दु हो ?यस्तो खोक्रो राष्ट्रवादले रोटि दिँदैन , प्रर्योजनवादी बन्न सक्नुपर्छ तर हाम्रो कम्युनिष्टहरूकोप बुद्दिमा यो कुरा घुस्ने कहिले ? तिनलाई त सँधै एउटा बहान झिकेर देशलाई आगोमा झोसेर राजनीति र विनासलाई सँगे हलगोरू बनाएर जोत्नु मात्र छ नि !
Read Full Discussion Thread for this article