Posted by: भउते September 17, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
एउफेर त म पनि गा' हो के रे बिराटनगर। बैशाखाँ परिएछ, गर्मीले पाकेर आफ्नै ह्याकुलो लुछे 'नि मिठै हुन्छ कि जस्तो भाथ्यो। चोकैको होटलाँ "राति लाम्खुट्टे त आउन्न नि हगि दाई" भनेर सोधेको, "हिजा'ज गर्मीले लाम्खुट्टे सप्पै मर्याछ, ढुक्क भे'र सुत्नुस।" भनेको सम्झिन्छु। त्याँ २ रात बास बसेर हुरुरुरुरुरुरुरुर भटभटेसाइकलाँ बयरबन पुगेको हो। त्याँ १०-१२ दिन आइतबारे देखि शनिबारे, सक्राते देखि मासन्तरे सप्पै गल्लि गल्लि छप्पा मारेर फर्केर फेरि त्यै बिराटनगराँ बास बसेम। दशै छेक गा'को भा' रमाइलो हुने रे'छ जस्तो छ। साह्रै मन परेको हो ठाम त। चुनापका बेलाँ खानेपानीको सर्भे अर्न गा'को। नेताहुरले भोट माग्नलाई झुक्क्याउन पठा'का भनेर झन्डै लघारेनन् गाँठे। ज्यान जोगा'र फर्कियो।
Read Full Discussion Thread for this article