Posted by: KaLaNkIsThAn September 17, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
बिराटनगर को नि के कुरा गराई भो -- जमाना मा खुब गईन्थ्यो बिराटनगर -- मिनपचासको बिदा नै बिराटनगरमा -- त्यो मेन रोडमा एउटा मिठई पसल थियो -- "लस्सी र पेडा यहाँको खुबि हो" भनेर लेख्या -- मिठो लस्सी पाईन्थ्यो -- खुब खाईयो -- टाईमपास भा थ्यो। एक टाईम रंगेली तिर गा को हिरो साईकल बोकेर, फर्कदां खेरी झिस्मिसे साँझ पर्या थ्यो -- गोली जस्तो साईकल उडाएर ल्याईराको -- तिन टोलीया तिरै हो क्यारे -- बिर्सियो। बाटामा स्पिड ब्रेकर रैछ, अंध्यारोमा मा देखिएन, त्यो स्पिडब्रेकर मा हिरो साईकल र म उडेको -- आकाशमा -- हरे। हरिविजोग भाको -- म र साईकल दश फिट जति आकाशमा उडेर बाटोमा ल्याण्ड गर्या -- सिधै छतीले बाटोलाई टचडाउन गरि रा -- सोह्र बर्से जावानी को जोश थियो -- जर्याकमुरुक्क उठें -- घुंडामा धाउ -- छातीमा दुखाई -- छाम छुम पारेर आफ्नो चप्पल भेटांए -- त्यो नि चुडिंएछ -- भएन भनेर साईकल उठाको त साईकलको ह्याण्डिल नै खत्तम -- ह्याण्डिलको दाईने आकाशतिर फर्क्या देब्रे चाहीं जमिन तिर -- आंकलको साईकल -- दिमाग खराब भो।आब के गर्ने होला भनेर साईकल डोर्याउदै घर तिर जादैं थिए, एउटा साईकल बनाउने ठाँउ भेट्टाए -- ५॰ रुपैया भन्यो बनाको -- साईकल त्यहि छोडें। भोलीपल्ट साईकल लिन गा त जस्ता तस्तै बनाएर राख्द्या रैछ। जिन्दगी नबिर्सिने घटना। रमाईलो थियो जे होस बिराटनगर -- गर्मि बाहेक सबै राम्रो।।
Read Full Discussion Thread for this article