Posted by: Birkhe_Maila September 17, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
चौतारीको गम्भिर ध्यानाकर्षण!!

केहि चौतारीका बिगतका सकृय सदस्यहरु बिना सुचना, अनुपस्थित भएको र उपस्थित भए जस्तो देखाउनलाई बेला बेलामा ङिच्च दाँत मात्र देखाएर टाप कसेको कुरा खुल्न आएकोले यस तर्फ चौतारीको गम्भिर ध्यानाकर्षण भएको छ। तसर्थ निम्न व्यक्तिहरुलाई 'पुङमाङे चौतारी सदस्य' को सम्मान आच्या आरोप लगाइएको छ!

१) श्री हरितालिके:
चौतारीको धरोहर म नभए सम्म रहँदैन भन्ने बोक्रे भावना राख्दै पहिला बेला बेलामा आफूले गर्दा नै चौतारीका अंकहरु बनेको अहङ्कारले बशिभूत श्रि हरितालिके, आजभोलि बेला बेलामा आफ्नो उपस्थिती मात्र देखाऊन कहिले काहिँ आउने हुँदा, निजलाई पुङमाङे सदस्य नामाकरण गरिएको हो!

२) सुश्री ठुल्नानि:
कत्ति न प्रत्येक दिन चौतारी सुन्दा पनि दिक्क लाग्ने स्वरमा तआआआअााा गर्दैमा मात्र सुरु हुन्छ भन्ने खोक्रे भावना राख्दै, मख्ख पर्दै सबैको प्यारि भएको सतहि बिश्वासमा मग्न भएर आफू अत्यन्त वयस्त भएको राग अलाप्दै बेला बेलामा शनिबार कोहि नआउने बेलामा ट्वाँस्स एक लाइन लेखेर चौतारीमा पहिला आफुले पाएको स्थान र सम्मान गलत पाराले कायमै राख्न खोजेकोमा, निजलाई पनि पुङमाङे सदस्य नामाकरण गरिएको हो!

३) सुश्री तितौरी:
आफु सबै भन्दा सानि र सबैको प्यारी भएको आकाशे बिश्वासको पराकाष्टामा परेर, आफु अनुपस्थित भएता पनि बुढो जिम्माल देखि लिएर गृहिणी सान्नानि सम्म सबैले उत्तिकै सानि नानिको रुपमा पहिले पहिले गरेको :D सम्झँदै चौतारीमा रमाइलो मान्छन भन्ने कोक्रे भावना राख्दै, एक्लै कतै लुकेर पुस्टकारी खाँदै व्यस्त भए पनि नभए पनि खुरुखुरु चौतारी पढे ता पनि आफ्नो उपस्थिती नजनाएकोमा, निजलाई पनि पुङमाङे सदस्य नामाकरण गरिएको हो!

४) श्री चनातरकारी:
कुनै जमानामा हेहेहेहेहे गरेर, मम खाने देखि दिएर निल्ने सम्मको तरिका बयान गरेर, पल्लो गाउँमा नेताहरुसंग नानाभाँति झै-झगडा गरेर, भारतवर्षको नेपाली गाइनेको अलापको कुरामा झगडा गरेर बेकारमा आफ्नो ५-७ किलो तौल घटाएर, चौतारीमा आफ्नो पुरानो लिडरसिप अझ कायमै छ भन्ने झोक्रे भावना राख्दै, व्यस्त भएँ भनेर आफू त भागेको भागेइ गरे पनि दशैँको मुखमा आएर दुर्गे मातालाई समेत चौतारी चिहाउन नदिएकोमा, निजलाई पनि पुङमाङे सदस्य नामाकरण गरिएको हो!

श्री चौतारी व्यवस्थापन, तथा हाजिर-गयल अनुगमन समिती
Last edited: 17-Sep-07 10:57 AM
Read Full Discussion Thread for this article