Posted by: Deep September 17, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
प्रसान्तले भोली नेपाललाई केही गर्ला भनेर उसलाई आज सहयोग गर्नु आफैलाई अलमलाउनु हो जस्तो लाग्छ मलाई। सबैभन्दा पहिला "केही गर्ला" भनेको के हो? यो प्रश्नका जवाफ अनेकौ हुन सक्छन। भावत्मकरुपमा नेपालको सीमा भित्र र बाहीरका नेपालीहरु सँग एक्यबद्यता देखाउला --- नेपाली गीतहरु गाउला--तेत्ती हो। बाँकि योगदान भनेको तेस्तै उस्तै हो। मैले यसो भनेर उस्को अवमुल्यन गर्न खोजेको भने हैन। म आँफै देस बाहिर छु -- मैले नेपाललाई कति माया गर्छु त्यो बयान बाहीर छ तर मैले के गरेको छु नेपालको लागि? मेरो योगदान के छ? यता र उता दुई चार डलरको चन्दा दिने अनि भ्याए सम्म देश बिकासको बारे मौखिक टिप्पणी दिने देखी बाहेक अरु केही छैन। म प्रसान्तले जितेर भारतका ति तमाम ब्यक्तिहरु जस्ले नेपालीहरु (सिमाका जुनसुकै पट्टी हुन)लाई ढोके, पाले, कान्छा, र हबल्दार, नगरबधु भन्दा अर्को रुपमा चिनेका छैनन र चिन्न पनि चाहन्नन उनीहरुलाई उनिहरुकै "भारत की सान" बनेर आफ्नो सम्मान पुर्ण परिचय देओस भन्ने चाहन्छु। नेपाललाई माया त उस्ले यसै गर्छ उसै गर्छ। उस्का कुन पुर्खाले मेचि तरेका थिए मलाई था छैन तर साँचै भन्ने हो भने उस्ले यता अमेरीका तिर जन्मे हुर्केकाका नेपाली नागरीकका ति कैयौं सन्तानहरु जो आफुलाई नेपाली भन्न समेत अनकनाउँछन भन्दा धेरै प्यारो माया नेपाल र नेपालीपनको गर्छ जस्तो लाग्छ मलाई। उस्को जीतमा आफ्नो हार सम्झिनेहरुको कंगाल मन देखेर दिक्क लाग्छ कैले त।
Read Full Discussion Thread for this article