Posted by: badesh September 16, 2007
"नेपालको स्वतन्त्रता खतरामा"
Login in to Rate this Post:     0       ?        
यो पनि पढौं:- नेपाली पोष्टबाट: कसले निम्त्याउँछ विदेशी हस्तक्षेप बासु श्रेष्ठ सार्वभौम सम्पन्न कुनैपनि राष्ट्रले आफ्नो कुनैपनि आन्तरिक मामलामा निर्णय लिन स्वतन्त्र हुन्छ । चाहे आर्थिक निर्णय होस् चाहे सामाजिक निर्णय होस् चाहे राजनैतिक या चाहे जे सुकै निर्णय होस् उसले कसैको सहमति या सल्लाह लिनु पर्दैन वा मुख ताक्नु पर्दैन । यस्ता निर्णयहरु सरकारको तर्फबाट आउने जाहेर नै छ । तर यस्ता निर्णयहरुप्रति जनता या जननेताहरुको मतैक्यता सरकारसँग भएन वा मत भिन्नता भयो भने सरकार र विपक्षीहरुको आपसी समझदारी र कुराकानीबाट समस्याको निदान गरिन्छ र देश बाधा रहित विकासको बाटोमा लम्कन्छ । सरकार र विपक्षीको मतैक्यताको अभाव हुने क्षेत्र भनेको खास गरि राजनैतिक क्षेत्र नै हो जहाँ एक आपसमा एक अर्कालाई कारण सहित या विना कारण असफल गर्ने गराउने खेल खेलिई रहेको हुन्छ । यसलाई अस्वाभाविक लागेपनि स्वाभाविक रुपले अङ्गिकार गरिनु पर्ने हुन्छ । स्वाभाविक यस अर्थमा भनिएको हो कि सत्ता र शक्तिको होड राजनैतिक दलहरुमा भएन भने प्रतिस्पर्धाको अभाव हुन सक्छ र कुनै एक दलको एकक्षत्र शासन चल्न सक्छ जुन कुरा दीर्घकालिन सोचाईमा नकारात्मक परिणाम देशले भोग्नुपर्ने हुन्छ । यस राजनैतिक सत्ताको होडमा जसरी हुन्छ जनता तथा मतदाताहरुलाई आफ्नो पक्षमा तान्ने र आफु सत्तामा जाने खेल चलि नै रहेको हुन्छ । यसमा तिब्रता आयो भने देशमा राजनैतिक अस्थिरता हुन्छ जुन कुरा देशकोलागी नराम्रो हुन्छ । तर सरकार तथा विपक्षीहरुको समझदारीमा यस समस्याको निराकरण गर्न सकिन्छ । र यो देशको नितान्त आन्तरिक समस्या हो भन्ने कुरापनि सबैले बुझेकै छन् । तर जब सरकार तथा दलहरु आफु सत्तामा टिक्न या पुग्न असमर्थ देख्छन तब तिनिहरु विदेशीको मुख ताक्न या सहयता खोज्छन् । आफनै देशभित्र आफनै दाजुभाईको सल्लाह र मतलिन असमर्थ भएपछि आफ्नो भागदौडमा साथ पाउन विदेशी राष्ट्रतर्फ दौडन थाल्छन् । अनि यसरी शुरुवात हुन्छ आफ्नै आगनमा विदेशीको आवाज र चलखेल । यहाँनिर दल र सरकार दुबै यदि आफूलाई जनताको समर्थन छैन भने के कारणले त्यसमा ह्रास आएको हो र यसलाई कसरी अभिवृद्धि गर्ने भन्नॆ तर्फ ध्यान दिँदैनन् । अपितु एकोहोरो शक्ति लोलुपतामा लिप्त भएर कमजोर हुँदै गएकॊ शक्ति टिकाई राख्न विदेशी राष्ट्रको मुख ताक्ने या सहयोग माग्ने जस्ता निर्घिणि काम गर्न पुग्छन् । एउटा ध्रुवसत्य तथ्य ुअलोकपि्रय भएपछि शक्तिको अधिकार छैनु भन्ने कुरा विस्रन्छन् । आफ्नै देशका दाजुभाईको मतलाई दुत्कारेर विदेशीको शरणमा जान्छन् र देशमा विदेशी हस्तक्षेप निम्त्याउँछन् । अर्काे कुरा एउटा दलले कुनै विदेशीको मुख ताकेपछि या सहयोग मागेपछि अर्काेले आफ्नो रक्षाकोलागि अर्काे कुनै विदेशीको मुख ताक्ने नै भयो । परिणामस्वरुप देश विदेशीहरुको खेल मैदान भई दिन्छ । हेक्का राख्नुपर्ने र हाँसो उठ्ने कुरा त के भने आफ्नो पक्षमा विदेशी राष्ट्रले बोलेको सबै सहयोग र सद्भाव हुन् अनि विपक्षीको समर्थनमा बोलेको चाहिँ आन्तरिक मामलामा हस्तक्षेप हुन् भन्ने जस्ता लङ्गडा तर्क गर्छन् । आफ्नो आङ्गमा भैसी नदेख्ने भने जस्तो । फेरि आफैले निम्त्याएको विदेशी हस्तक्षेप कुनै एकदिन बुमराङ्ग भएर आफैलाई घात गर्नसक्छ भन्ने कुरा सत्ताधारी र सत्तामा उक्लन खोज्नेहरुले कहिले बुझ्ने र यसको लागी चेत कहिले खुल्ने विश्वका कुन कति राष्ट्रमा यस्तो राष्ट्रघाती तथा आत्मघाती घटनाहरु हुन्छन् भन्ने कुराको उदाहरण खोज्न हामी टाढा गई रहनु पर्दैन । यसकोलागि नेपालको राजनीति एक ज्वलन्त उदाहरण हो । जङ्ग बहादुरले सत्ता हत्याएपछि अकण्टक राज्य चलाउन अँग्रेजको सहारा लिए देखि राणा शासनको अन्त्य र २००७ सालदेखि हालको वर्तमान राजनितिमा हामीले स्वतन्त्र राष्ट्र भनेर जतिसुकै फलाके पनि राजनैतिक रुपले विदेशी राष्ट्रको मानसिक दासता हामी नेपालीले भोग्नु परेको छ । हालका केहि वर्षहरुभित्र विदेशी राष्ट्रहरुको प्रत्यक्ष हस्तक्षेप र हाम्रा नेताहरुको लाचारी तथा शक्ति लोलुपतामा आएको तिब्रताका उदाहरणहरु हामीले दिनदिनै समाचारमा देख्दे सुन्दै आई नै रहेका छौँ र यसको फेहरिस्त यस सानो लेखमा सम्भव छैन । हामी नेपाली जनता जत्तिकै स्वाधिन र स्वावलम्बी छौ भनेर चिच्याए पनि सरकारमा पुग्नेहरु र जननेता भनाउँदाहरुले हामीलाई विदेशी राष्ट्रको शक्तिको स्वाद चखाएर पराधिन र अस्वावलम्बी रहेछौं भनेर सोच्न बाध्य बनाएको छ । जनताले विश्वास गरेर शक्ति सुम्पेका तिनै नेताहरु आफ्नो जनशक्तिलाई नै लत्याएर पन्छाएर र अविश्वास गरेर विदेशीको मूतको न्यानोमा पल्केर आफ्नै दाजुभाइसँग घात गर्दछन् । तिनको मर्ममा अखण्ड चोट पुर्याउँछन् । र तिनलाई आफ्नो मानसिकताको दास बनाउँछन् र भित्र्याउँछन् विदेशी हस्तक्षेप । basushrestha@gmail.com
Read Full Discussion Thread for this article