Posted by: world_map September 15, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        
लौ गुरूहरू!!!
आज मैले जीवनमा फस्ट ट्याम गजल लेखेको, त्यो नि हजूरहरूकै देखासिकि गरेर। नियम त पूरा सिक्या छैन मैले, तैपनि यस्सो प्रयास गर्या छु। गल्तीहरू पत्ता लगाएर कस्तो छ प्रतिकृया दिनुभए आभारी हुने थिएँ। लेख्न चैं सिम्पल तरिकाले लेख्ने कोशिस गरेको छु।

यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो
शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो

युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन
तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो

पाप धर्मको मतलब थिएन रत्तिभर पहिले
अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो

कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य
अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो

दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा
तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो
Last edited: 15-Sep-07 11:49 PM
Read Full Discussion Thread for this article