Posted by: MR_TRUTH September 14, 2007
Better than goat story !
Login in to Rate this Post:     0       ?        
What ? Miss Teej ? मिसेज तीजको ताज अनुपमालाई हिन्दू महिलाहरूको महान पर्व तीजको अवसरमा प्यानोप्लाइ इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको महिलाबीचको सौर्न्दर्य प्रतिस्पर्धामा अनुपमा ज्ञवालीले मिसेज तीज २०६४ र वेष्ट डान्सरको उपाधि हासिल गरेकी छिन्। तीजको रहर आयो बरिलै नाम दिइएको सो कार्यक्रमा अन्तिम प्रतिस्पर्धी उत्कृष्ट पाँचमध्ये ज्योति खड्का गौतम फस्ट रनरअप र वेष्ट ड्रेस तथा सञ्जीमा श्रेष्ठ सेकेन्ड रनरअप भएका छन्। त्यसैगरी ब्युटिफुल स्किनमा नीलु थापा सापकोटा, ब्युटिफुल स्माइलमा अञ्जना जोशी, वेष्ट मेकअपमा सृजना पोखरेल प्रधान, वेष्ट हेयरमा कृष्णदेवी कार्की र मिसेज फ्रेन्डसिपमा शर्मिला कक्षपति विजयी भएका छन्। कार्यक्रममा २० महिलालाई उनीहरूको पहिरन, हिँडाइ र शृङ्गारलगायतका पक्षलाई मध्यनजर गर्दै उत्कृष्ट दश छानिएको थियो। जसमा व्यक्तिगत परिचयमा राउन्डमा उनीहरूको बोल्ने तौरतरिकाबाट उत्कृष्ट पाँच छनोट गरिएको थियो। निर्णायक टोलीमा नेपालकी प्रथम नायिका भूवन चन्द, ब्युटिसियन कमला श्रेष्ट, अभिनेत्री विपना थापा र पूर्वमिस नेपाल उषा खड्गी रहेका थिए।
Read Full Discussion Thread for this article