Posted by: भउते September 14, 2007
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
गुरुको सुझाव कहिले आउँछ भनेर कुरिराखेको म। आएर नि लुकिसकेछ। माफ गर्नुहोला है, पहिले देखिन छु! शेरलाई जसरी अर्थलगाइदिनु भो, साह्रै खुशी लाग्यो। वास्तवमा म केही दिन देखि अथाह ठानिने विश्वासको धरातल धसिन कति सानो घटना काफी हुन्छ भन्ने भावमा घुमिराखेको थिएँ। त्यस्तैमा यो साली-भेना-दिदीको सम्बन्ध छिर्यो। सायद यो उपमा प्रयोग हुनुमा साझाकै हाँसो ठट्टाको देन छ। सामाजिक रुपले वर्जित/अपमानित (विशेषत महिलावृन्दले अपमानित ठान्ने) तर अस्तित्वमा रहेको साली-भेना-दिदीको त्रिशँकु विश्वाश/अविश्वाशको सम्बन्धले मेरो भावलाई प्रतिनिधित्व गर्छ कि भनेर प्रयोग गरेको हुँ। पाठकले (चौतारीमा प्रतिकृया जनाउने गौतमदाइ, प्रिती भान्जी, मास्टर्नीभावी र बिर्खे जिम्माल लगाएत सबै) यसलाई केवल उपमाकै रुपमा मात्र लिइदिनुभए आभारी हुनेथिएँ। हुन त यस्तै प्रसँग अलिक पहिले "मर्दाङ्गिनी" शब्द प्रयोग गर्दा पनि उठेको थियो क्या रे। अझै थप्नु पर्दा, दोश्रो शेरमा खाली सिउँदोलाई अनगिन्ती सम्भावना/आशा र रङ्गिन सिउँदोलाई ति सम्भावना/आशाको अन्त्यको रुपमा प्रश्तुत गरेँ। साएद धेरै अर्थमा प्रयोग भैसकेका उपमाहरु भएर यी साली-भेना-सिउँदोहरुले स्पष्ट र गह्रौँ भाव बोक्न सकेनन् कि । हजुरको समालोचनाको लागि म आभारी छु। लामै भाषन ठोकियो क्या रे।
Read Full Discussion Thread for this article