Posted by: Birkhe_Maila September 14, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        
मेरो आँखामा अब पानी रहेन तिमी बिना जिन्दगानी रहेन अफशोच ! तिम्रो पनि नामो-निशानी रहेन जलाएं आफूलाई यत्ति कि खरानी रहेन अपनाएँ, हराएँ, फजुलमा लुटाएँ कठै! मेरो मायाको खानी रहेन तोड्थेँ शायद बाँधिएका नेलहरु त्यति साहस गर्ने जवानी रहेन उठ्छौ कि कतै झस्केर रातमा मेरो छाति तिम्रो सिरानी रहेन | बन्द पर्दा भित्र गुम्सिँदैछु 'बिर्खे' (यसमा 'गुम्सिँदैछु' 'गुम्सिँदैछ' गुम्सिँदैछस्' कस्तो ठिक हुन्छ?) रंगमन्चमा मेरो कहानी रहेन
Read Full Discussion Thread for this article