Posted by: Rahuldai September 14, 2007
"आलु" अर्थात रमेश।
Login in to Rate this Post:     0       ?        
अनिश्चित जी, अरु पनि लेखौला, केही लेखाई साझा ब्लगमा छन्, हेर्नु होला। हौसलाको लागि धन्यबाद्। धरतीको कुनै ठाउमा जी, आलु यसै धरतीको जिउदो पात्र हो। एक पटक एस् एल् सी फेल भयो त के भयो? अर्को पल्ट "आलु" र कमला दुबैले पास गरे, संयोग नै भन्नु पर्ला। आलुको आफ्नै जीवन जल्दोबल्दो छ, छोरो नै १८ भयो होला। तर कमलाको जीवन अझै अधुरो नै छ, ४० पुग्यो होली, लगनको साइत जुरेको छैन। ALSON NEPAL जी, मेरो पात्र आलु म आफै होइन। रमेश आफ्नै चस्मा मर्मत केन्द्रमा ब्यस्त छन्। कमला पनि आफ्नै काममा मस्त छिन्। तर पनि आलुको त्यो जवानीको चंचल् स्वभाब गेको छैन। रथ तान्ने बेलामा त्यो भीड भित्र आलु अचेल पनि भेटिन्छ, जैसीदेबल गन्तब्य हुन्थ्यो, अझै पनि जैसीदेबल सम्म जने गर्छ। शायद त्यो संझना मुटु भित्र नै गढिएको होला। सत्यबादी मित्र(MR_TRUTH)जी, सदभाव र सल्लाहको लागि आभार। बिर्खे जी, अनुराधा लामो कथाका छोटा सहयोगीहरु मध्येको एक आलु लिईदिनु होला। अनुराधा पनि छिट्टै आउंछे, नयाँ तरङ् बोकेर।
Read Full Discussion Thread for this article