Posted by: PallaGhareAntare September 13, 2007
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
पैले अलि अलि गुगल्याम् सबैले, के के डोमेन दर्ता गर्‍या छन् बिराटनगरको, कुन् कुन् वेब साईटहरु पैले देखिनै छन्, त्याँ के के सामग्री छन्, अनि याँ बनाउनि भनेर लाग्या साईटाँ चैं के फरक् कुरो पस्किनि होला भनेर। ब्यापारिक प्रयोजनका निम्ति पक्कै होइन, पूर्णत मनोरन्जनको लागि हो कि? समाचार मूलक हो कि? देश बाहिरकाले मात्तै पढ्ने भनेर उनिहरुलाई मत्तै टार्गेट गर्नि हो कि? तो केरे कन्सेप्ट किल्यर् हुन परो नि पैला। उन्को खोजिमा दाई (३४ को ब्याच हो भने) बुढा मान्छे केट्केटीको लह लहैमा लागेर तेत्तिकै प्याच बोल्दिनि भन्या, बरु तपाईँले ता लु यस्तो बनाम् पो भन्न पर्छ। अनुभवि मान्छेले। बरु नरिसाम् है, याँ धेर आला काँचा भाईबैना र'चन् के अनि यत्तिकै बोल्चन नसोचि बेला बेलाँ।

यत्तिकै बनाम्नि बनेर बेकाराँ हाँसो होईएला भन्नि डर मेरो। तो साईट मेन्टेन गर्नु चान्चुने कुरो हैन केरे, दिनहुं नयाँ सामग्री राख्न परो रंग, बुट्टा भर्न परो नयाँ नयाँ दिनहुं, सुद्धा सुद्धि मिलाम्न परो। यसो चाइनि काली थानाँ दशैंको भीडभाड हुनि जस्तो बनाम्न परो नि बनाईसकेसि।

हेरि एक जना मुन्छे त तेसैका लागि भिडन पर्च, अनि तो जिम्मा चाइं कल्ले बेलेक्स् भाईले ल्या हो जस्तो छ।

तो "हाम्रोबिराटनगर" भन्नि त दर्ता भैसक्या छ पहिल्यै।

लु मैले अलि अलि के के हुन पर्छ, के के बिचार पुर्‍याउन पर्छ भएर मनाँ लाग्या कुरा भन्दिं बेलेक्स् भाईले भन्या छलफल यस्तै त होला नि हैन र?
Last edited: 13-Sep-07 04:39 PM
Read Full Discussion Thread for this article