Posted by: भउते September 13, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
......मकैको हलुवा र साग खाउ अनी तिम्रो ज्यान मा बल आउछ बजार जान। ............. त्यो मकैको हलुवा र साग त के के जाति रोग लागेकाले मात्र खान्छन ठुल्नानी। हिजो मैले हरी मार्फत "हाइ" भनेर आवा पठाको थिएँ नि, पायौ? ब्लकहिल रे ? हेर नानु, ब्लकहील स्लक हील त्यस्तै हो। तिम्रो जुत्ता बोकेर मेरो स्टील ल्याबमा आउनु। एउटा स्टिलको पिलर काटेर १ - १ फिटको हिल राख्दिम्ला। धेरै गर्हौँ हुँदैन, १ फिटको राख्यो भने त्यै १०-१२ किलो हुन्छ। हा हा माकुरे, जिम्मालले काँक्राको अचार बनाए, अनि त्यो र ढुकुर सँग मजाले तिनपाने चढाइयो। तर राति कसो कसो पेट बटार्यो, मुख पनि टर्रो टर्रो लाग्यो। बिहान उठ्दा त जिम्माली भुत्तभुताइ रा'की थिन्, अब तर्कारी के पकाउने भनेर। भएछ के भने, त्यो काँक्रो भनेर बुढाले त बेबी फर्सी हुन्छ नि, त्यो के जाति जुकिनी कि सुकीनी भन्ने, त्यसैको पो अचार बनाएछन्। अहिले सम्म मुख कुक्याइरा'छ।
Read Full Discussion Thread for this article