Posted by: shirish September 12, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        

आकाशबाट उनी झर्ने खबर कस्तो होला ?
ज्यूंदै स्वर्ग भोगाईको अबसर कस्तो होला ?


रिसाउंदा खेरि त फूलै फूलले हिर्काउंछन्
झन् उत्कर्षको बेलामा कर कस्तो होला ?


माराकाट हुंदैछ सम्भबत: उनलाई पाउन !
अपराधीले भरिएको शहर कस्तो होला ?

मलाई चढ्न गार्हो छ उनी दगुर्ने शिखर
हण्डरै हण्डरको त्यो सफर कस्तो होला ?

धुम्टो भन्छु, होईन रातको अम्बर भन्छन् रे !
सिताराले सजाई राखेको अधर कस्तो होला ?

मेरो खण्डहरबाट ढुङ्गा माटो ओसारिदै छ
अर्कै गाउंमा बन्ने उन्को नंया घर कस्तो होला ?

 
Last edited: 12-Sep-07 08:29 PM
Read Full Discussion Thread for this article