Posted by: PallaGhareAntare September 12, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
जदौ पर्वते, पुन्टे दाई, ठुल्दाई, जिम्माल बा, मुन्नि, भउते, उफ्रिपाफ्रि नानी अनि माथि भ'का सप्पैलाई। अरे क्यानाम यो रिकुटे बहोत ठिक बात गर्छ। अब चेलीबेटी जम्ने तिजमा एकतरफ, हामी लडका पाटी तिम्ले ल्याको बन्दुक छाप ब्रान्डि संग जम्ने अर्को तरफ। बहुत राम्रो कुरो गर्‍यो रिकुटेले, यो बन्दुक छाप ब्रान्डिनै सब्से अच्छा दवाई हो जिम्मालको नलि खुट्टाको लागि। बुढा ताने पछि बल्ल धेर बात गर्दैनन चुप्चाप सुत्छन। पर मैले ल्याको बंदेल चाहिं बुढालाई पत्तै दिन हुन्न। तो जेबमा राखेको दाँत चट्ट झिकेर बंदेलको बाथ कुड्क्याउन थाल्चन् बुढा। पर जे होस आज शाममा जम्ने पक्का। अनि ठुल्दाई, आजकाल साहू बुढा बिछट्टै खुसि भा'चन् बालि सप्र्यो भनेर। अन्तरे यस्तो राम्रो बालि भा यै बर्ख हो, पोर परार अरुले जोत्दा यस्तो बालि कैले देख्न पाईया थेन, लु धन्दा नमान, चाडबाड नि आयो, तँलाई दस बाह्र दिनाँ घर पठाउँचु भन्या छन। आफ्नु याँ भैंमा खुट्टै छैन। तेता पाईला टेक्नि बित्तिकै हानम्ला फुन। अनि यताको बालि सपारिहालिस अब उता मुन्टानातिरा बालि सोत्तर भा थ्यो पोर साल तेतै मुन्ट्याई दिन्छु तँलाई उता नि सपारेस् भन्या छन्। ई साहू बुढाले नि कैले का रिस फेर्‍या हुन डाँडा डाँडा कुदार हैरान छ भन्या। जहानसंग रामरी दोहोरो कुरा गर्न नि पाउनि हैन कैले। अब मुग्लानाँ यस्तै हो भनो चित्त बुझायो बसो यस्तै छ आफ्नु।
Read Full Discussion Thread for this article