Posted by: urfrenrites September 12, 2007
एक हात तेस्तै भो --
Login in to Rate this Post:     0       ?        
अब साथीहरुले नक्सालको कुरा गर्नु भो, मैले पनि केहि केहि सम्झिन थाले। त्यो नारायन चौरमा चाहि बसेर मैले पनि घाम ताप्दै धेरै लोकल बाङेहरुलाइ अति उपदेश दिएकि हुँ त्यो जमानामा। तिनिहरु सबैको आफ्नो आफ्नो कथा थियो। गाजा मात्र होइन, भयेभरको थोक खान्थे। अनि कहिले पुलिसको पिटाइ खयेर महिनौ दिन हराउथे। तर उनिहरुको कुरा चाहि सुन्न आनन्द अौथ्यो। अरु केहि गर्न नसके पनि कसैले नगन्ने " ट्याबे र जन्कि" हरुको कहानी कम मर्मान्तक हुन्थेन। अहिले त खोइ त्यो छ फूटे बाहेक कोहि देख्दिन। कहिले काहि तेस्ले इमेल पनि लेख्छ। धेरै त उहिले नै परलोक पुगि सके क्यारे। त्यो मालिगाउमा चाहि अलि राम्रा राम्रा ठिटाहरु थिये। अहिले त सुध्रेका छन् प्राय बाचेकाहरु। त्यो के रे नया हल (हिरारत्न हो?), दिप ज्यो को घर निर, हो तेहा पनि थिये थुप्रै। तेहा माथि एुत थुलो रुख थियो, सानो पार्क जस्तो। तेहा पनि अौथे केताहरु आफ्नो दुख सुख को कुरा गर्न अनि घरबाट झ्याप हानेर ल्याएको कुराहरु बेच्न। निलो सरस्वतिको मन्दिर भित्र पनि भेटिन्थे केताहरु।दिन कताउने ठाउ नभयेपचि तेहिको बुड्ढि र लठेब्रोलाइ जिस्काइरहेका हुन्थे। जे होश् त्यो बेला उनिहरुको दिनचर्या तेहि हुन्थ्यो। पुलिस पनि थिए एक् दुइ जे पाए पनि खाने। तर हाम्रो अघि चाहि सोझो भएर नाटक गर्थे। सबैको एक उपनाम हुन्थ्यो। अरु चाहि थाहा छैन, तिनिहरु सबै अहिले मेरो मानस्पटलमा झलझलि आएेरहेको छ। नक्साल क्लबको हिरो पनि थ्यो, अरुलाइ उपदेश दिने अनि भित्र भित्र सबै लिने। अरु त होइन त्यो सडकमा पकाको चिया चाहि सरै मिठो लाग्छ मलाइ। अझै पनि त्यो चिया खान मन लाग्छ नेपाल जादा। तर अलि अपठ्यारो लाग्दो रैछ अहिले। माहाराजगन्जको एुतो केटोले पचास डो सापटि ले र टाप कसेको थियो। मैले घरैमा गयेर तेसको बौसङ फिर्ता लिएर आएको छु। Just refreshing my memory,
Read Full Discussion Thread for this article