Posted by: Deep September 12, 2007
BIRATNAGAR REUNION- II
Login in to Rate this Post:     0       ?        
बिराटनगरमा म तिहारमा नी पुग्या छु। तेसको चै मीठो सम्झना छ मेरो मानसपटलमा। सिंगारीएको थ्यो बजार -- लक्ष्मी पूजामा-- त्यो के हो ट्राफिक चोक हो की के हो हिमालय हल भाको तिर त्याँ देखी उता माथी सम्म बाटामा मान्छे ग्वार ग्वार -- सजिएर हिनेका -- मारबाडी ठीटीहरु हेर्ने दिन रे भन्थे दाईहरु चै -- काठ्माडौमा मैले त्यस्तो चहल पहल देखेको थिएन तेसैले म खुब मख्ख परेको थें। अरु त केही था छैन तर त्यो रमझम सम्झिन्छु। आफ्नो गाम ठाम सबैलाई प्यारो लाग्ने। बिराटनगरेहरुलाई पुनर्मिलन भेलामा रमाईलो होस भन्ने सुभकामना।
Read Full Discussion Thread for this article