Posted by: Deep September 12, 2007
एक हात तेस्तै भो --
Login in to Rate this Post:     0       ?        
टङ्गाल ईलाकाँ ठीटी थेनन भन्नु भट्टीमा जड्याँ थेनन भने झैं हो। कलङ्कीको कुरो सुनेर नी हुन्छ काईं। लङ्गुर बुर्जाँ टाट भएसी पुलीस आयो भनेर खेल भाँडने सोम हो यार कलंकी त। पुन्टेब्रोले सलिड कुरा झिक्या हो ल। माराजगन्ज अब टिचीङ्ग बाट लागम दखिन हैन -- हेरी प्यारा साईड मा आम्त उता तालिम केन्द्र तिर हैन -- अनि त्यो प्यारा नाघेर दाईने तिर तालीम केन्द्रको अघि राख्या ट्याम्पु ट्याउसीलाई बाल नदिए नी एउटी न एउटी मनले खा की जस्ति लाग्ने सधैं जस्तो के हो की कस्लाई हो पर्खेर बस्या देखिने -- मैलाई हो भन्ने चै कैलेई भएन नी नारन। जे होस त्यो प्यारा अघिबाट देब्रे मोडिम -- शिबपुरी नआउँदै ती ठुल ठुला रुख छेउ बाट बायाँ तिर पिच नगर्या बाटो अघि जान्थ्यो तेता हुँदी नी मन लड्या थे एक् ताका हरे! सेन्टी बनाउने दुईटी थे। अनि देब्रे तिर शिबपुरी स्कुल अनि दिर्घ राज कोईरालाको घर पास गर्दै अघि लागेसी पबित्र बर्क सपको चिन्ह थ्यो हेरी तीँ बाट सिधै ओरालो लागेर रण बहादुर साहको घर् हुँदै तल टुँडालदेबी पस्चिम तर्फका फांट तिर ओरालो लाग्दा नी मनमा काउकुती लाउने गोटा चारेक सम्झिन्छु। बज्या यो मन अझै मच्चिन खोज्छ ए। के भन्ने। त्यो ओरालो नलागी अघि बढेसी भने खास केही थिएन आफ्नो लागि। रस्सियन एम्बेसी थ्यो बायाँ तिर अलि तल राष्ट्र ब्याङ्क दायाँ तिर। बालुवाटार पुगेसी भने फेरी थे मन रेट्नीहरु --- लौ नसकिने भो कुरा गरेर -- जिरादाईले बास्सादाईको कथा लेख्छु भन्थे लत छोडे -- त्यो मित्र पार्क अघिको ओरालोमा भाको सी ए लेख्या घर तिरको कथा छ एउटा भन्थे त्यो कुरो नी तेइ दाउरा डिपो जसरी हरायो --- जिरादाई ल त्यो लामपोउखरी छेउको पिपलबोटाँ साईकल त घुमा होला नी? ल जाम फेरी तेई बाटो -- चाबेल गणेस देखी तेई पिपल बोट घुम्दै साईकलमा हरर अनि जयबागेस्वरीमा--- थाह छ हैन कुन घर? Kevin_ekstrom, के गर्ने आफ्नो गाम ठामको माया लाग्दो रे छ। झिकम न गफ -- सम्झिम पुराना दिनहरु मरेसी त यही सुमसुम्याको ज्यान नी लान सक्किन्न रे के नी? rhishi, खुसी लाग्यो गफ मन परेछ -- रिशीलाई नी अप्सराहरु आउँदा होलान नी हाउ भाउ कटाछे गर्न? की ठन्डाराम?
Read Full Discussion Thread for this article