Posted by: Nepe September 11, 2007
MERO KABITA - "BHAUTE"
Login in to Rate this Post:     0       ?        
भूमिका चौतारीआँ बाधिसक्या हुनाले सोझै भन्छु, सालीवाला शेर किन खुप मन परो भनेर । जस्तो कि चौतारीमा भनिसके, यो शेरको शब्दचयन, वा अझ यसो भन्न चाहुँला, यसको उपमाचयन (साली, दिदी, भिनाजु ) ले यसलाई केही अवान्छनिय ध्वनी दिएको अवश्य छ । तर यसको भाव जे हो त्यसले एउटा विराट, सार्वभौमिक, सार्वकालिन किन्तु सामान्यतया वर्जित वा अपरिक्षित सत्यको उद्‍घाटन गरेको छ । कतिपय सम्बन्धहरु र कतिपय अवस्थामा सबै सम्बन्धहरुलाई हामी स्वयंसिद्ध, स्वयम्भू, अचल र पूर्ण भनेर भन्छौं, मान्छौं वा विश्वासै गर्छौं । र तिनीहरुको परीक्षा नहुन्जेल तिनीहरुमा प्रश्न पनि उठाईदैन । भनें नि, तिनीहरु स्वयंसिद्ध, असंदिग्ध, पवित्र मानिएर रहेका हुन्छन् । तर जब शक्तिशाली र मोहक वाह्यतत्वको आगमन हुन्छ, तब पोल खुल्छ । र यसरी वाह्य तत्वको उपस्थितिले मिथ्याको उद्‍घाटन हुने कथा बोल्ने भउतेज्यूको शेर मलाई घाघडान जँचेको हो । त्यत्ति हो ल भउतेज्यू, मेरो कुरा । Nepe
Read Full Discussion Thread for this article