Posted by: PallaGhareAntare September 11, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
हा.... हा .....हा.... हा.... भ'न बा सुरु देखिनका पढ्नु परो भनेर लाग्या चौतारी, याँ पुग्दा मरिगएं हांसेर। हन ई गाम्लेहरु कता लागेचन् नि त अहिले? नमेले खन्या र'च पैलो चौतारी। यो सिरेले लेख्या: आज बिहान जमुनि र मेउसिकाने ले नमेको नयाँ भैसी हेर्नी भनेर बुर्कुसी मारे केरे, हुन्छ जाओ त नि भनेसि गएर हेरेर फुटा पुनि खिचेर ल्याए केरे । अनि त्याँसी मैले "हैन, मुर्रा भैंसी, तेत्रा दाम हालेर ल्याएको, कतिको दूधालु रैच त, दूध कति दिनी रैछ त ?" भनेर सोधेको त दुइटै बोलेनन केरे । त्याँसी म आफै गए केरे नम्मे कहाँ । मटरे बाटाँ उता 'ट टडक हो कि ट्याउटर के हो ठूलो मटर आको देखेर भैंसी चम्केको अनि तेही खड्के टारीमा ३ दिन बाँधेर राखेको त दादाले जो भन्नु भा को थियो केरे । त्याँसी आफ्ना टाट्ना मा बाँधेसी नि नम्मे सधैं दूध दुहुन त जाँदा रैछन, भैसीले दिदो रईन्च केरे, अब हिडेर आको, फेरि मटर सित चम्केको, खान्की पुनि मिलेन होला, गोसाँए पुनि मिलेन, तेसो भएर दूध नदेको होला भन्ठानेको रैच केरे नम्मेले । हैन, अब त बढ्तै जो भओ, आज त जसरी नि दुहुन परो, नाई भनि त भैसी जो थाक्नी भओ । अब हत्दुवा (पाडो, पाडी छुटाएको, नभएको, सबै दूध मान्छेले दुहुनी, मान्छेले नै खानी ) भैसी केरे, धेरै दिन नदुहे त थुनै सुक्नी होला भनेर हिजो बेलुका त खुप्पै जोड गरेछन नम्मेले, तर अहँ पगरिँदै पगरिएन अरे । हिजो पुनि दूध झार्न सकेन्छन केरे । त्याँसी आज म नम्मेका घर पुग्दा पुनि काखमा गौवा (ठेकी) च्यापेर भैसी पगार्न खोजि राका । अझ पगरिन्छ कि भनेर बडहरको घाँस हालेछन र थुनमा पानी छ्याप्दै थुन तान्दै अरेका । म गएसि सप्पै बेलि बिस्तार लगाए केरे नम्मेले । अब मेरा झन भैसी दुहुने सीप छैन, बरु पुन्टे दाजी हुन जस्ता बैगुनी भैंसीका पुनि दूध झार्नी, उनी अहिले बिरामी छन केरे भने । त्याँसी एक छिन म तेही छेउमा बसेर एउ चिलम गाँजा तान्न परो भनेर गाँजा बटार्न लाएँ केरे । उता नम्मेले थुनमा पानी छ्याप्दै थुन तान्दै अरेर भैसी पगार्न खोज्दै थियो केरे । धेरै पानी छ्यापेपछि त भैसीलाई पिसाब अर्न मन लागेछ । अनि त भैसीले मुतो केरे । नम्मेले "खाली मुत्छ मत्रै साँढो, दूध भनी नदिनी" भने । मैले नि एसो फर्केर हेरेको त, थुईक्क तिमेरुका बुद्धि, भैसीले नि कही अगिल्तिर मुत्छ र? भैसीले त पुच्छर उचालेर पछिल्तिर बाट मुत्छ केरे नि, राँगाले हो नि अघिल्तिर जो तुरुक्क तुरुक्क पार्नी त । नम्मेका भकारामा त के को भैसी हुनु नि, राँगो बाँधेर अनि राँगो ले पुनि दूध दिन्छ कहि? ए उल्का, म त हाँस्दा, हाँस्दा, के भन्नी । नम्मे रिसले चूर भओ केरे, नन्दे साहूलाई नि काट्छु भन्छ, भउतेलाई नि गिड्छु भन्छ, दादालाई पुनि छिनाल्छु भन्छ केरे । भैसी किनिदिएम तँलाई भनेर मलाई त राँगो पो किनाएछन, अझ भाउ घटाईदिए भन्नी तो दादाले भन्छ । मैले त्याँसी दुई सर्का गाँजा तान्न लगाए नम्मेलाई, अनि अलिक शान्त भओ केरे । त्याँसी कुरो के के भाको हो भन, तिमी र भउते मत्रै गएको भा त भन्न सक्तिन, दादा जो गएसि त नन्दे साहुका भकारा 'ट भैसी भनेर राँगो त फुकाएनन, भन बाटामा कहाँ कहाँ गयौ, के के अरेउ भनेको अनि भन्न थालो । खड्केटारी को मटरे बाटाँ भैसी चम्के पछि दादाले ल भैसी चम्को केटा हो, अब येत्तिकै नसेलाई कन हिडाल्नी हो भनी बाटाँ फेरि कहा डराएर उफ्रिन्छ, थाहा हुन्न, अब चईनी उकालो बाटो, भिरतिर फेरि तर्स्यो भनी त लडेर मर्न पनि सक्छ, तेसैले यसलाई दुई तीन दिन यही बाँधवो भनेर हिड्नु भएछ केरे । त्याँसी तीन दिन पछि गएर भउतेलाई भैसीका सिङ, र पुछार काट भनेर पुनि भन्नु भाको रैछ केरे । अब कुरा के भओ भनि कि यिनिहरुले बाटामा भैसी बाँधेर राख्दा राति को बेला पारेर कसैले साट्यो । भैसी आफूले राति राति डो-याएर लगे होला, फेरि थाहा पाउलान र हल्ला खल्ला होला भनेर भैसीको ठाममा राँगो ल्याएर बाधिदियो होला, अब दामकै कुरा अर्नी हो भनी पुनि के भओ र एउटा भैसीको मोलमा त पाँच - छ वटा राँगा किन्न पाईन्च, चोरलाई त के भओ र, नाफै भको केरे । हैन भनि तेही बेलामा तेही भित्र भउतेले जाल रचे , नम्मेलाई भउतेले रिङाएर थाङनामा सुताईदिए ।
Read Full Discussion Thread for this article