Posted by: Nepe September 11, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
सबै दम्तरीहरुलाई एकबाजी जदौ गरुम र केही सम्बोधनहरुको जबाफ पनि फर्काम भनेर आ’ हुँ है । नत्र यो चौतारीको मेलो मेरा निम्ति ‘माया छ तागत छैन’ भन्या जस्तो छ के । यसको रफ्तारसंग दुगुर्ने ताकतै कहाँ रह्यो र यो ज्यानमा अब । अस्ती हुँदो झुलुक्क मुख देखाम्न आम्दा सबै दम्तरीहरुको कोसेली चाखे पनि मेलै लाआर’ कोसेलीको प्रशंसा गर्न अप्ठेरो लागो । झुलुक्क आएर के मेलो लगाउनु भनेर । चौतारीमा मैले चाख्न भ्याएको तर मुख फोर्न नभ्याएको मीठा मीठा कोसेलीको थुप्रो यति छ, कुनैलाई छुटाएर कुनैको मात्र तारीफ गर्न गिल्ट फिल हुने के । त्यसो हुँदा फेरि पनि जदौ मात्र । मेरो स्यानो कनिकोको पोको र हाजिरी उपर न्याना शब्दहरु पोखिदिने सप्पै गाम्लेहरुलाई मेरो कलेजोदेखिकै धन्यवाद र कृतज्ञता ल । मिसनानी, अभ्यासलाई निरन्तरता दिनुहोला । मेरा विचारहरु हजुरसंग बाँडेकै छु । भउतेकाजी जस्ता अनुभवी गजलअभ्यासीका टिकाटिप्पणी उपयोगी मार्गदर्शक हुने नै छन् । अन्तरेकाजीले एकपटक “मुसलसल गजल” भनेर नाम लिनु भा’थ्यो । यसबारे र अन्य थुप्रै प्राविधिक पक्षको पूर्वज्ञान भयो भने गजललेखन अभ्यास सहज र त्रुटीन्यून हुँदै जान्छ । अन्त्यमा, प्रितीनानी, गोताएँज्यू, बिर्खेज्यूलाई न्याना शब्द र सम्झनाको लागि धन्यवाद सहित यो संक्षिप्त टाँस तुरें है त । जाँदाजाँदै यो शेर पनि, कवि अब्दुल हमीद “आदम” को, एउटा नकचरो आगमनको बारेमा । मीठो छ । शायद मुझे निकाल के पछता रहे हों आप महफ़िल में इस ख़याल से फिर आ गया हूँ मैं (अब्दुल हमीद “आदम”) Nepe
Read Full Discussion Thread for this article