Posted by: Rahuldai September 11, 2007
kisunji's royal rhetoric
Login in to Rate this Post:     0       ?        
धेरै बिद्वान मित्रहरुको धेरै तर्क सुनियो। सबैका तर्क बितर्क आ-आफ्ना ठाममा जायज होला। कुनै पनि ब्यबस्था पूर्णरुपमा सफल र सक्षम हुंदैन र संसार भरि परिवर्तन हुंदै आएका छन्। पन्चायत र लोकतन्त्रको तुलना कदापी हुन सक्दैन। एक जना मित्रले पन्चायत पछिका बिक्रितिहरुलाई बूँदागत पेश गर्नु भएको छ। मित्र, ती सबै गुट उपगुट अनि जमातहरु पन्चायतकै शोषणको परिणति किन न मान्ने? जात धर्म अनि भाषाको नाममा सदियौं देखि दबाइएका स्वरहरु गगनचुम्बी नारा भएर गुन्जेको पनि हुन सक्छ। अनि काण्ड प्रकाण्ड हरुको सूचीमा पन्चायतमा किन थोरै? प्रश्न उठ्ला। पन्चायतकालमा सूचना तथा संचार स्वतन्त्र थियो? कतिवटा अखबार निस्किन्थें? तिनको सेन्सर हुन्थ्यो कि हुदैनथ्यो? बुझ्नु जरुरी छ। कुनै पनि भ्रष्ट्राचार वा काण्ड त त्यति बेला मात्र बाहिर आउथ्यो जुन बेला कुनै पनि संयन्त्रले त्यसलाई लुकाउन दबाउन सकिदैनथ्यो। कति भए कति कसलाई के थाहा? ४७ साल पछि पो जनताले थाहा पाए के कति काण्ड हुंदा रैछन्। सबैको खबर टिप्न पाए। त्यसैले पन्चायत न भोगी, पन्चायतको बारेमा बोल्नु कच्चा बैद्यको मात्रा मात्र ठहरिन्छ। घरमा मुसा बढ्यो भने मुसा मार्ने उपाय गर्नुको साटो घर जलाउनु कहाँ सम्म मनासिब हुन्छ। किषुण जीको बारे मा धेरैले धेरै लेखे, धेरैले गाली गरे। तर ब्यक्तिगत रुपमा भन्नु पर्दा किशुनजीको उक्त भनाई मलाई नि मन परेन। तर पनि मैले चिनेको किशुनजी लाई बिश्वास गर्ने हो भने उक्त भनाईमा पनि गहिरो अर्थ लुकेको हुनै पर्छ। गणतन्त्रमय भएको नेपालमा राजाको बारेमा बोल्दा पपुलर न होला नै। उनको आफ्नो बिचार हो, भन्यो, अरुलाई खासै टाउको दुखाउनु पर्दैनथ्यो। बरु किन भनेका होलान्, भनेर सोच्नु भन्दा बढी देश बिदेशमा बुज्रुकहरुले गाली बर्षाइ हाले। मेरो बिचारमा २ वटा कारण र रहस्य हुन सक्छन्। १- जसरी भए पनि मंसिर् मा चुनाव हुनु पर्छ भनेर सबै भन्दा चर्को स्वरमा दुष्ट छिमेकी भारत कराउनु र दूतहरु पठाउनु। कहिं राजा बिनाको देश लाई भारतको प्रदेश बनाउने सोच रिसोच त छैन? सोचनिय कुरा छ। २- माओबादी जंगलीहरु संसदबाटै गणतन्त्र किन मागिराख्या छन्। चुनाव किन चाहदैन। स्थिरता र शान्तिको लागि त पक्कै होइन होला। दुबै छिमेकी को वक्र द्रिष्टि माओबादी मार्फत लाद्न प्रकट भए जस्तो लाग्छ। यसैले गम्भिर भएर सोच्ने बेलामा अशक्त किशुनजी र लोकतन्त्र दुबैलाई गाली गरेर समय खेर न फालौं । देश रहे पो हाम्रो पहिचान रहन्छ। पालेस्टाइनीको जिन्दगी हामी कहाँ बाच्न सक्छौं? मित्रहरु सोचम्, देश बडा अप्ठ्यारो मोडमा छ। जोड गरम, घटाउ न गरम। तारेमाम्।
Read Full Discussion Thread for this article