Posted by: shirish September 11, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        

I think I will homework to all of you guys...write a complete ghazal with the parts you wrote. I am sure it will bring out your latent talents. 

The addition that I have been thinking:

आकाशबाट उनी झर्ने खबर कस्तो होला ?
ज्यूंदै स्वर्ग भोगाईको अबसर कस्तो होला ?

रिसाउंदा खेरि त फूलै फूलले हिर्काउंछन्
झन् उत्कर्षको बेलामा कर कस्तो होला ?

माराकाट हुंदैछ सम्भबत: उनलाई पाउन !
अपराधीले भरिएको शहर कस्तो होला ?

मलाई चढ्न गार्हो छ उनी दगुर्ने शिखर
हण्डरै हण्डरको त्यो सफर कस्तो होला ?

धुम्टो भन्छु, होईन रातको अम्बर भन्छन् रे !
सितारा सजाई राखेको अधर कस्तो होला ?


एक्कासी यो एकान्तमा एक्लोपना यकीन भयो
"शिरीष" "शिरीष" भन्दै पुकार्ने स्वर कस्तो होला ?

Last edited: 11-Sep-07 10:04 AM
Read Full Discussion Thread for this article