Posted by: Pretty September 11, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
सर्बप्रथम हिरक अँकको चौतारी चिनेकोमा चित्रेलाई मुरि मुरि धन्यबाद। मनले चिताको पुगोस्। गौतम दाईको कथा अत्ति नै मज्जाको लाग्यो अनि छ नि दाइ छोरीसङ बुवा धेरै attached हुन्छन् भन्ने सुन्या हो रैछ त? आर्याको photo पनि हेर्न पाए अझ बढि रमाइलो हुन्थ्यो के। हजुरको कथा देखेर मनि लेख्छु छोरिको बारेमा भनेको मनमा कुरो छ शब्दमा झर्दै झर्दैन क्यार्नि होला? रिठ्ठे को "हे प्रिय" गजब् को छ अनि maverick को प्रयाश पनि कम छैन। नमे the आशुकवि!!! wow साच्चै हो त भन्या? दुवै घच्चिका कबिताहरु गए ल। मिस् दिदिको फटिङ्रे को continuation राम्रो छ। यस्तो गहकिलो message बोकेको कथा लेख्नुहुन्छ हजुरले मन पर्छ मलाई। हेहे ठुलीको first post in chautari, कस्तो अचम्म लाग्छ है ठुली? समय कहाबाट कहा पुगिसकेछ। दीप साँचै कस्ले सम्झाको रे कबिता? राम्रो छ। अनि single single बाङ्गे महात्मे हेहे गज्जब्, जिम्माल बाको continuation झन् गज्जब, बाङ्गेले खुचिङ् गर्यो होला दीपलाई। जिम्मालबाको गन्थन् पढ्न डर लागिराथ्यो कतै बुढाले मलाई नै प्रश्न माथी प्रश्न को झटारो त हान्या छैनन् भनेर। तै अर्थोकै रैछ, हसाम्छन् बुढाले। ठुल्दाईको अनुराधा कहिले अगाडी बढ्ने हो? Can't wait के ठुल्दाइ। साच्चै छोरिले SLC दिसक्या हो र भन्या? ओहो कलन्किले नि ट्वाक्क एउटो टुक्रो सुनाएर हिडेछ त। नेपे दाजीले चौतारीलाई खुब माया गर्नुहुन्छ। हजुरका गजलहरु अनि अरु लेखाई गज्जबका लाग्छन् तर कहिले हजुरसङ direct कुरा गरेको जस्तो लाग्दैन आज आँटै गरेँ है त मैले नि। "ज्यानमारा तिम्रो मुस्कान देखेपछि मलाई मेरो तहसनहस याद आयो " awesome अन्तरे, मिस् दिदि, गालब्, सुन्तले दाई का गजल / कबिताहरु रमाइला छन्। नेप्चेको औरेजि कैता मिसले बुझाइदिनुभो राम्रो छ। ग्वाँचुको कथाले लास्ट लास्टाँ एकदम् रुवायो, सम्हाल्नै सकिएन। कथा राम्रो छ तर एउटा पाठकको हिसाबले भन्नु पर्दा कुनै कुनै कुरा क्लिएर् नभएको जस्तो लाग्यो, तिम्रो मनमा छ तर कथामा नउतारिएको जस्तो। जस्तो रमाले किन आत्महत्या गरिन्? के उनलाई थाहा थियो उस्को husbandले बाहिर बिहे गरेर छोरा पाइसकेको? या त खाली धेरै समयसम्म एक्लै बस्न नसकेर? मैले पढ्दा छुटाको भे माफ पाम् है त। चित्रेको दन्त्य कथा राम्रो रैछ, काम लाग्छ मलाई। अनि हरि, कुम्ले, ठुलि, तितौरि तिमारुको प्रस्तुति खै त? पुन्टे दाई, नेउचि दी, दुर्गी भाउजु, चनादाई सबै कता लुकेको? मामा मलाई नि त्यो साली भेनाको अलि ठीक लागेन त्यो गजलमा। शुभ दी राम्रो छ। क्रिश्नकाले, नेप्कान्छि, mrhunter लाइ चौतारीमा स्वागत छ तितौरी we all are missing u. HAPPY FATHER'S DAY to all fathers and would be fathers of chautari!!!
Read Full Discussion Thread for this article