Posted by: gwanche September 11, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
गौतम दाई, प्रतिकृयाको लागि धन्यवाद, साँच्ची भन्दा तपाईंको प्रतिकृया पर्खेर बसेको थिए। मैले कथा लेखेको भन्दा पनि आफ्नै वरीपरीका घटनाहरु, भोगाइहरुलाई पानामा उतार्ने प्रयास मात्रै गरेको हुँ । मैले लेखेका अरु टुक्राहरुमा जस्तइ यस टुक्रामा पनि, म भन्ने पात्र, आमा, रमा, सुनिल, सुनिता र दाई जस्ता पात्रहरु तपाईं, मेरो, हाम्रो सबैको वरिपरि नै छन, हाम्रइ समाजका पात्रहरु हुन। हो कथामा रमाको 'निधन' जस्तो अप्रिय स्थितिको चित्रण गरिएको छ, जसलाई परिवर्तन पनि गर्न सकिन्थ्यो। तर मैले देखेको कथामा, मैले अनुभब गरेको कथामा रमा भन्ने पात्र आफ्ना संतान्हरुलाई छोडेर 'पोइल' जान्छिन, हो मानसिक रुपमा उनी बिक्षिप्त भइसकेकी थियिन तर पनि यो कथा आमाको मायालाई 'बेस लाइन' मानेर लेखिएको हुनाले जे जस्तो भए पनि रमा पात्र पनि आमा नै भएको हुनाला पोइल जस्तो 'निर्दयी' घटना भन्दा पनि मृत्‍यु जस्तो 'क्रुर' घटनालाई माध्यम बनाइएको हो। दाइले भन्नु भए जस्तइ मलाई पनि लागेको हो तर 'पोइल' भन्दा 'मृत्‍यु (बलिदान??)' बढी 'फिट' हुन्छ कि जस्तो लागेको हुनाले यस्तो हुन गयो। भाषिक सुद्दा सुद्दिले चाइ सकेसम्म मिलाउने प्रयास गर्ने छु तर कती वटा ठाउँमा ठ्याक्क शब्द नै भेट्टाइँदैन अनी अर्थको अनर्थ लाग्न जान्छ। ह्रस्व दिर्घको कुरा चाइ यै युनिकोडको दोस हो, दिर्घ हुन्छ भन्ने था' भएको शब्द पनि ह्रस्व भइदिन्छ, मिलाउन अल्छि लाग्छ। यो टुक्रो चाइ हतार हतारमा लेखेर टांसेको हुनाले अली बढी नै गल्तीहरु हुन गए जस्तो छ, केही केही त मैले पनि ठम्याए पछी टाँसेको टुक्रो पढ्दा, तर फेरी उही, मिलाउन अल्छि लाग्यो, सरी! अहिले त एडिट नि गर्न मिल्छ, मिलाउने कोसिश गर्ने छु। चौतारीमा टाँसेको भनेर हेला गर्ने त कुरै आउँदैन तर अलीकती 'टेकन फर ग्रान्टेड' चाइ लिएकै हो भन्नु पर्‍यो, क्यार्न झुटो बोल्नु! सबैलाई मंगलबारे न्यानो अभिबादन!
Read Full Discussion Thread for this article