Posted by: khallid September 11, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
भारतमा नेपाली भावना भारतीय टेलिभिजन सोनीबाट प्रसारित 'इन्डियन आइडल' का एक प्रतियोगी प्रशान्त तामाङ नेपालीका लागि अपरिचित नाम रहेन । शुक्रबार रातिको कार्यक्रममा जब उनी रोए, उनीस“गै लाखौं नेपाली रोए र रातभर जागा भई तिनै नेपालीभाषी छोरालाई जिताउन लागिरहे । आखिर मानिस किन यसरी मरिहत्ते गरिरहेका छन् - किन आफ्नो समय र पैसा सिध्याइरहेछन् - प्रशान्तमा त्यस्तो के छ - किन उदितनारायण झा खुला रूपमा उनको पक्षमा लागेर अनेक उपेक्षा सहिरहेछन् - यस्ता प्रश्न धेरैले गरिरहेछन् । यसको एउटै जबाफ हो- आज भारतीय मूलका सम्पर्ूण्ा नेपाली प्रशान्तस“गै आफ्नो अस्तित्वका लागि लडिरहेछन् । इन्डियन आइडलको कार्यक्रम संरचना, निर्ण्ाायकहरूको टिप्पणी र दर्शक प्रतिक्रिया हर्ेदा प्रशान्तप्रतिको हेराइमा केही पर्ूवाग्रहीपन छ भन्दा अत्युक्ति नहोला । प्रशान्त भारतमा जन्मे, त्यहीं हर्ुर्के । भारतकै सिपाही भएर काम गरे । तिनले आफूलाई नेपालीभाषीका रूपमा चिनाए । यो विडम्बना प्रशान्त र प्रशान्तजस्तै लाखौं प्रवासी नेपालीको हो जसलाई भारतले कानुनी मान्यता त दियो तर सामाजिक र नैतिक रूपले स्वीकारेको छैन । नेपालीभाषीहरू गोर्खाल्यान्डका लागि लडे, मातृभाषा नेपालीका लागि लडे । त्यो समुदायले भारतीय भूमिमा नेपालीपन जोगाइराखे । नेपाली कला, संस्कृति र साहित्यमा निरन्तर योगदान दिइरहे । यही समुदायले नारायणगोपाललाई स्वरसम्राट बन्नलायक बनायो, अरुणा लामा, गोपाल योञ्जन, अम्बर गुरुङ, रञ्जित गजमेर, तुलसी घिमिरे, किरण प्रधानजस्ता हस्ती नेपाललाई सुम्पे । दुवै देशबाट उपेक्षित नेपालीभाषी समुदाय अहिले पनि आफ्नो अस्तित्वका लागि लडिरहेछ । आमभारतीय प्रतिस्पर्धीका लागि यो एउटा व्यक्तिमा सीमित रहला । कुनै प्रतिस्पर्धी हार्नु र जित्नुले व्यक्तिमा फरक पार्ला, समुदायलाई होइन । प्रशान्तको हकमा उनको जितस“ग भारतमा उपेक्षित नेपाली समुदायले जित्नेछ । यस अर्थमा प्रशान्तको जितको ठूलो महत्त्व छ । प्रशान्तको त्यो शान्त र सौम्य स्वभाव, कठिन मिहिनेती, आत्मविश्वास र तीतो आलोचनालाई सकारात्मक रूपमा स्वीकार्दै गन्तव्य निकट पुग्नसक्नु आफैंमा एउटा सफलता हो । उनको आवाजमा मिठास छ । यस्तो कडा प्रतिस्पर्धामा मात्र व्यक्तित्व र क्षमताले भारतभर प्रशंसक प्ााउनु, जावेद अख्तर र अनु मल्लिकजस्ता हस्तीले प्रशंसा गर्नु वास्तवमै इष्र्यालाग्दो छ । उनकै त्यही क्षमताले आज नेपालीभाषीलाई बा“धेको छ । नेपाल र भारतका नेपालीभाषीमा एकता जन्माएको छ । हरेक कुरामा फुट्ने नेपालीलाई प्रशान्तले जुटाएका छन् । प्रशान्तस“गै यस युद्धमा लागिपरेका अर्का योद्धा हुन्- उदितनारायण झा । विभिन्न आलोचनाका बाबजुद प्रशान्तको प्रयासलाई प्रशंसा गर्नु, नेपाली भाषामा बोल्नु, समग्र रूपमा नेपाली हु“ भन्ने भावना प्रकट गर्नु, प्रशान्तलाई आफ्नी श्रीमती दीपा झाको तर्फाट गीतको अवसर दिने कार्यक्रममै घोषणा गर्नुजस्ता प्रयत्नबाट उदितनारायणले वास्तवमै आफूलाई नेपाली छोराको रूपमा पुष्टि गरेका छन् । भारतीय सांगीतिक क्षेत्रमा उदितनारायणलाई उदितनारायण भएर उदाउन, सफलता प्राप्त गर्न र सफलतालाई निरन्तरता दिन उनलाई कति परिश्रम गर्नुपर्‍यो अनुमान मात्र गर्न सकिन्छ । एक अरब जनसंख्यामा आफूलाई स्थापित गर्नु र त्यसल्ााई कायम राख्न सकिरहनु, नया“ पुस्तालाई संर्घष्ामय बनाउन सधैं प्रेरित गर्नुले उदितनारायण नेपाली आ“खाका नानी बनेका हुन् । आशा गरौं, उदित र प्रशान्तको सामूहिक प्रयासबाट एकजना नेपालीभाषीले त्यो उपाधि जित्नेछन् । नेपालीप्रति हर्ेर्ने भारतीय दृष्टिकोणमा परिवर्तन आउनेछ । source: www.kantipuronline.com
Read Full Discussion Thread for this article