Posted by: shirish September 10, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        
संशोधन सहित: आकाशबाट उनी झर्ने खबर कस्तो होला ? ज्यूंदै स्वर्ग भोगाईको अबसर कस्तो होला ? रिसाउंदा खेरि त फूलै फूलले हिर्काउंछन् झन् उत्कर्षको बेलामा कर कस्तो होला ? माराकाट हुंदैछ सम्भबत: उनलाई पाउन ! अपराधीले भरिएको शहर कस्तो होला ? मलाई चढ्न गार्हो छ उनी दगुर्ने शिखर हण्डरै हण्डरको त्यो सफर कस्तो होला ? धुम्टो भन्छु, होईन रातको अम्बर भन्छन् रे ! सिताराले सजाई राखेको अधर कस्तो होला ?
Read Full Discussion Thread for this article