Posted by: भउते September 10, 2007
Login in to Rate this Post:
0
?
चौतारीमा राखेको, यता सङग्रहमा नि राख्न मन लाग्यो।
भउतेको गजल -२५
उमेर यो "खेल -खेल" सक्कियो
जब उनको सिउँदो रङ्गियो
भीडमा ठेलमठेल सक्कियो
अचानक सालीको उपस्थितीले
दिदी -भिनाजुको मेल सक्कियो
ठुँग्यो ठुँग्यो अनि नपाई स्वाद
ठानियो कि कतै बेल सक्कियो
परिबन्दमा आफै फसेपछि
सकुनीको जालझेल सक्कियो
*** *** ***
* "खेल-खेल" = ख्याल ख्याल :-)
Last edited: 10-Sep-07 08:20 PM