Posted by: भउते September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        

जदौ ! गरेँ है सप्पैलाई।

यो महोत्सबमा केही पस्किन नसकेर कस्तो दिक्क लागिराख्छ भन्या। हुन त अरुकै पढ्नै भ्याको छैन। लेखेसि टाँसीहालिन्छ, टाँस्ने बेलामा लेख्न सकिँदैन। महोत्सबको बेलाँ दिमागाँ केही फुर्न सकेन। यो झिनो मसिनै भए नि टासेँ।

भउतेको गजल -२५

                               -भउते काजी

 नबली     दीपमा    तेल     सक्कियो

उमेर यो "खेल -खेल" सक्कियो

 

जब   उनको       सिउँदो     रङ्गियो

भिडमा     ठेलमठेल        सक्कियो

 

अचानक    सालीको  उपस्थितीले

दिदी-भिनाजुको  मेल सक्कियो

 

ठुँग्यो ठुँग्यो   अनि नपाई स्वाद

ठानियो कि कतै   बेल सक्कियो

  

परिबन्दमा     आफै      फसेपछि

सकुनीको     जालझेल    सक्कियो

 

             ***   ***   ***

* "खेल-खेल" = ख्याल ख्याल :-)

 

 

Last edited: 10-Sep-07 08:12 PM
Read Full Discussion Thread for this article