Posted by: shirish September 10, 2007
रोमान्टिक नेपाली गजल -
Login in to Rate this Post:     0       ?        

आकाशबाट उनी झर्ने खबर कस्तो होला ?
ज्यूंदै स्वर्गको अनुभबको अबसर कस्तो होला ?

रिसाउदा खेरि त फूलै फूलले हिर्काउंछन्
माया जागेको बेला झन् कर कस्तो होला ?

माराकाट हुंदैछ सम्भबत: उनलाई पाउन !
अपराधीले भरेको शहर कस्तो होला ?


मलाई चढ्न गार्हो छ उनी बस्ने शिखर 
हण्डरै हण्डरको त्यो सफर कस्तो होला ?




This is a thread for just romantic ghazals...you write the rest....

Last edited: 10-Sep-07 03:16 PM
Last edited: 10-Sep-07 03:16 PM
Read Full Discussion Thread for this article