Posted by: Rahuldai September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
शिखरवार्ता सम्बन्धी समाचार!!!!!!!! अस्ति मिति सेप्टेम्बर ८ देखि ९ सम्म चौतारीका आदरणीय अबतारी ब्यक्तित्व पूण्टे दाई सङ फिलाडेल्फिया नजिकैको लान्स्डेल भन्ने सुन्दर गाउंमा द्विदिबसिय शिखरवार्ता सफलतापूर्बक सम्पन्न भएकोमा वार्तामा संलग्न दुबै पक्ष हर्षले गदगद भएको कुरा जानकारी गराइन्छ। चौतारीको सुन्दर र दिगो भबिष्यको लागि आगामी दिनहरुमा के के गर्न सकिन्छ त्यो बारे मा ब्यापक छलफल भै आउने मिति न तोकिएक्को गोलमेच सम्मेलनबाट अनुमोदन गर्ने निर्णय समेत गरियो। यही सेप्टेम्बर महिनामा हुने भनिएको चौतारी गोलमेच सम्मेलन चौतारीकै एक बरिष्ठ सदस्यको भिसा र मिसा को प्राबिधिक गडबडीले एन वक्तमा रद्द गर्नु परेको दुखद घटनाबाट पाठ सिकी सबै चौतारीबसीलाई पर्याप्त ग्रिह कार्य गर्न हुन निर्देशन जारी गर्ने समेत सहमती भयो। वार्तामा निर्णय गरिएका मुख्य मुख्य बुँदाहरु- १- अत्यन्त ब्यस्त भएर बिजी हुने पून्टेदा को समाज सेवा लगायतका सोसल् वर्क गर्नु पर्ने भएकोले निजको अनुपस्थितिमा कुरा काट्न न पाइने। २- ३८ बर्ष नाघेका वरिष्ठ सदस्यहरुलाई वरिष्ठ् भत्ताको ब्यबस्था गर्नु पर्ने। सो ब्यबस्था गर्दा आफ्नो उमेरलाई ३८ बाट घटाई आएको शेषमा सुन्य थपी बर्षिक सुल्क बुझाउनु पर्ने।
Read Full Discussion Thread for this article