Posted by: Deep September 10, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
चौतारी मउत्सबको लागी सिङ्गल सिङ्गल सुपारीले काउली र मुला चोरेछ हिजो राती ट्वाक सँग गएर -- पिकनिक गर्न कुस्त छ रे --अब चामल घर घर बाट ल्याउने अनि दुई किलो राँगा मासु र गोल्भेडाको अचार भए सी पिकनिक भै गो नी - ब्यानै आएर ट्वाक र सुपारीले स्थिती अबगत गराए। पिकनिक जाने भन्या नी कथै हुन्थ्यो। धोबीखोला फाटाँ माथी रिङरोड तिर पिकनिक गर्ने सल्लाह भो --त्यो बास्बारी छालाजुत्ताको पानी आउने ठाम त कटाउनै पर्यो। चोर्या काउली मुला तु सदुपयोग नगरे झन्झट आईलाग्ने पक्का थ्यो। सुपारी र ट्वाक दुईटैले बाङ्गे नलाने भन्न थाले। बाङ्गेले सुपारीलाई त्यो सत्तेनारन थान्को ढिस्कोबाट खोला तिर गुटमुट्याई देको थ्यो -- जानी जानी हैन भनेर बाङ्गेले धेरै भनेसी बिबाद टुङ्गेको त थ्यो तर सुपारीको मन भाँच्चेकै रे छ। चुप लागेर सु गरी रा बेलाँ तेसरी धकेल्ने हो त पातकीले? भन्दै सुपारीले धेरै चित्त दुखायो । अस्ति साँझको त कुरा हो। फेरी जानी जानी हैन भन्या के हो? सुपारीले त्यो प्रस्न धेरै सोध्यो। कसले के जबाफ दिनु? दिए बाङ्गेले हो उ चैं समातुम्ला तँलाई भन्या त भ्याईन भन्थ्यो। अब बाङ्गे पिकनिकमा नजाने त भएन -- आफ्नो साथे---- बल्ल बल्ल सम्झाएर बाङ्गे नी हुन्छ भन्नेमा पारें तर सुपारीले बाङ्गेले पकाको भाँडा माझ्नु पर्छ भन्नेमा अड्डी थाप्यो। सुपारी र बाङ्गेको बोल्चाल पानीपोखरीको उकालाँ पर्या ट्याम्पु जस्तो थ्यो तेती बेला। बढ्छ अगाडी की पछाडी बत्तेर दुर्घटना हुने हो के ठेगान? मैले हुन्छ बाङ्गेले पकाको भाँडा धस्छ भन्दें। पछि जे होला भनेर। हामी अर्थात-- सुपारी ट्वाक म पुडके बर्मु छ्याक बाङ्गे र अर्को एउटा नी थ्यो एइले बिर्से तेस्को नाम पिकनिक जाने पक्का भो। सबै जम्मा हुने काममा लागिम। बाङ्गेलाई मैले ल्याएँ। सुपारी सँग मिलीमतो हुनेमा उ खुसी भो। गोलभेडा बाङ्गेले किन्ने भो। भाँडा माझ्ने कुरो भन्ने मौका मिलेन। पिकनिकमा जम्मा भैयो। सुपारी र बाङ्गे अप्रत्यक्ष अरु प्रत्यक्ष्य बार्तामा थिम। बाङ्गे गोलभेडाको अचार चलाउंदै थ्यो -- चुलोमा खानेकुरा पाक्तै थे -- चुलो नजिकै गएर चुरोट नी सल्काउनु पर्यो मौका मिलार बाङ्गेलाई भाँडा धस्ने कुरा नी मिलाउछु भनेर पुगें। अलि अलि ट्वाँट त अघि नै खा थ्यो केरे। १२ बज्न ला बेला भोकले हैरान पारी सक्या -- कुरा त गर्दै गर्नु पर्यो भनेर भुमीका बाँधेर भन्दै थेँ बाङ्गे नराम्रो भड्कियो--- ट्वाकले कुन बेला हो बाङ्गेलाई तँलाई दिपले धन्ना गर्न ल्याउँछु भन्थ्यो भन्दै कुरो चुहाई सक्या रे छ-- म सँग आगो भएर त्याँ चुलो छेउ झन रन्केर बस्या रे छ बाङ्गे। पकाई रा सबै भाँडा घोप्टायो र एक्कासी गर्जियो मेरो सर्टको दुईटा टाँक छिनार -- ल आईज सिङ्गल् सिङ्गल --
Read Full Discussion Thread for this article