Posted by: PallaGhareAntare September 10, 2007
Login in to Rate this Post:
0
?
तिम्रो मन मैले जितेर पनि आफैंसित म हराउनु पर्छ
कलिला कोमल प्रितीको बेल फूल्नु अघिनै मार्नु पर्छ
म कसरी भनूँ यो संगम हो
न तिमी मेरी न म तिम्रो
जदौ यो सोमबारे बिहानीको। ठुलीले उछिनिचन् आज मलाई। म यो लेख्दा लेख्दै ढिलो भएँ।
आज नि राम्रा राम्रा रचनाहरु पढ्न पाईएला भन्ने आशा छ। भउतेको table कहिले सकिन्छ र के टांस्ने हुन् भन्ने खुल्दुलीले अब काममा मन नलाग्ला। ध्यान यतै हुन्छ अब। पुन्टे दाई र ठुल्दाईको शिखर वार्ता पनि सकियो होला अब दुबैले के हाल्नु हुन्छ भैसको।
म पनि केहि टाँसम्ला फुर्यो भने तर के लाग्यो भने मैले लेख्न लाई अरु कसैले लेख्नु पर्नि वा भनौ चुनौती चाहिनि र'च मलाई अनि बल्ल फुर्नि र'च।
यो अंक शुरु हुँदा अब के लेख्नि हो भनेर हैरानै थिएं र यो पालि पढ्ने मा परियो जस्तो छ भनेर लेख्या थिं। तर नेपे दाईले लेख्नु भो, मैले नि एउटा टांस्दिएं। अनि मिस दिदीले लेख्नु भो नेपे दाईको "याद् आयो" लाई आधार मानेर, मैले नि लौ त भनेर चोरिँ त्यै "याद आयो" (दुबैलाई नेपे दाईको गाली बराबरी), र पछिल्ला दुईटा त बिरेकाँ पढेर तुरुन्तै लेखेर टाँसेर हिंड्या हो। यो हिसाबले आफ्नु सिर्जनशीलताका लागि त राम्रो भ'न। आफैँ केहि लेख्न नसक्नि, अरुका रदिफ चोर्नि अरुले लेखेसि मात्रै लेख्नि जस्तो। तर नि ठिकै छ, पहिले लेख्दै नलेख्या भन्दा त राम्रै भा होला, कम्सेकम केहि लेखिंदै त छ।
त्यसैले लु गाम्ले अरु नि छिटो छिटो लेखम त, अनि बल्ल मेरो नि फुर्ने होला। बरु अहिले चाँहि एउडा कथा जस्तो केहि फुर्दै छ।
गालब, नेप्चे, सुन्तले, ग्वाँचे, चित्रेका रचनाहरु नि पढियो। नयाँ हो वा पुरानै शिकारी मीत्रको कविता नि पढियो। सबैका आ-आफ्नै शैली, आ-आफ्नै मीठास, बडो रमाईलो हुनि र'च यो महुसब।
लौ अहिलेलाई यतिनै, दिउंसो तिर आम्ला।

Last edited: 10-Sep-07 08:35 AM
Last edited: 10-Sep-07 08:41 AM