Posted by: SateLite September 10, 2007
" काठमाडौँमा झरि पर्दाको क्षण..अनि प्रेम " - a story
Login in to Rate this Post:     0       ?        
टिनको छानो मुन्तिर मपनि छेउमा उभियँ ! पानि परिरहेको थियो,मैले RainCoat हाल्न बिर्सेको थियँ! बाइकलाइ नेपाल यातायात को बस रोकिने बसस्टपनिर बाहिरै पार्किङ गर्नुको कुनै बिकल्प थियन ! बिस्तारै बर्सिरहेका पानिका थोपाहरु मोटरसाइकलको सिटबाट झरेर साइलेन्सरमा पुग्दा एकैछिन अगिसम्मको तातोपनले होला Vapor मा परिणत भैरहेका थिय !म केहि पर बसेर यस्तै यस्तै हेरिरहेको थिय़ँ ! दुइजना स्कुले या कलेजमा पढ्ने केटिहरु पानिमा रुझ्दै घर जान हतारिरहेका देखिय-म उनिहरुलाइ पनि हेरेँ अनि सोचेँ सायद यिनिहरुको घर यहिँ नजिकै हुनुपर्छ,तर बालुवाटारमा त मपनि धेरै बसेकै हो,खोइ देखेको थिइन त ? आफैसँग गरियको यो प्रश्न सायद उत्तरको आशाबिना गरियको थियो होला ,त्यत्तिकै हरायो ! उनिहरुपनि सायद कुनै मोडबाट हराय अनि आँखाबाट ओझेल भय ! आकाशतिर हेरँ ! अलिअलि बादल छ-पानि परिरहेकै छ ! म महाराजगञ्जबाट ललितपुर जाँदै थियँ अचानक पानि पर्यो बिचबाटोमा ,टि-शर्ट भिज्यो अनि भित्रसम्म पानि पुगेछ ! चिसो महशुश भयो ! पछाडि कलेजका ठिटाहरुको चुरोट बार्ता चलिरहेको थियो,सायद जाडोले होला मान्छेहरु गुचुमुच्चु बसेका थिय !म उनिहरुपट्टि ass फर्कायर बाहिर हेर्दै उभियको थियँ तर पनि घरिघरि उनिहरुको Coversation हरु मसम्म आइपुगिरहेका थिय ! उनिहरुले चुरोटमा गाँजा मिसायर पिइरहेका रहेछन,हावा नै गाँजामय बनेको थियो ! नमिठो लागेन ! गाँजा नपियको धेरै भयको थियो ! खासमा भैरहवा कलेजपछि काठ्माडुँ आयर गाँजातिर लागियको थियन ! अहिले संझना आयो कडा पपहरुको !बाहिर हेरेँ,पानि एकछिन रोकियला जस्तो लागेन - म अहिले बालुवाटार चोकको कुनै कफि+बेकरि सपको अगाडि थियँ ! झ्याउ लाग्यो ! पसलमा मान्छेहरु सबै आ-आफ्नो धुनमा कोहि चिया-कफि अनि कोहि चुरोट पिउँदै थिय अनि उराठलाग्दा गफहरुमा ब्यस्त ! मेरो छेउमा रहेका दुइवटा गाँउले टाइपका देखिने भलादमिहरुका कुरा सुन्ने प्रयास गरेँ - " मुर्रा भैँसि पखालाले मरेपछि तेरि दिदि थला परेकि उठ्नै सकिने कमले,उत्पातै माया गर्थि त्यो भैँसिलाइ " ठुलोचाँहिले भन्यो ! "त्यसो भनेर सधै भयन भिनाजु..एकपल्ट यहिँ टिचिङ हस्पिटलमा नल्याइ हुन्न अब " तानिरहेको चुरोटर्कोलाइ दिँदै उस्ले भन्यो यि मुलाहरु साला-भेना रहेछन ! काम नपायर भैँसि र बुढिका कुरा गरेर बसेका ! कुरा सुन्दैमा मलाइ अल्छि लाग्यो !मैले भित्र पसेर दुइटा सुर्या ल्यायर एउटा सल्काँय !अब अलि हल्का महसुश भयो ! एउटा बुढाबा जस्ता प्राणि फेरि पानिमा रुझ्दै अघि म उभियको ठाँउमा आइपुगेका रहेछन ! सर्रर हेरेँ उनलाइ खाम्ला जस्तो गरेर तर कस्तो कस्तो उनि निरिह लागे मलाइ अनि आफैलाइ गालि गर्न मन लाग्यो !यस्तो लाग्यो मैले पिइरहेको चुरोटबाट बाहिरिरहेको धुवाँबाट उनि आनन्द लिइरहेछन ! "हेल्लो बाजे..चुरोट पिउने ?' मैले अघिको एउटा चुरोट उनितिर बढाय़ँ ! "जय होस नानिको.." उनले सल्काय र स्वात्त तानेँ यसरि कि मानौँ संसार जितेकै हुन ! म एक्छिन उनितिर हेरेँ !मान्छेका खुसिहरु कहिलेकाहिँ कति साना कुराहरुमा अडियको हुन्छ ! एउटा चुरोटले दियको त्यो खुसि सायद मैले अरुका आँखामा अझै देखेको छैन ! उनि सायद त्यहि चुरोट किन्न नसक्ने निरिह पो थिय कि ? अनि म त्यहाँनिर धेरै त्यागको उदहरन देखायर महान बन्ने कोसिश गरिन ! "एलिनाले जयनेपालमा बोलायर गाको त बब्ब्बाल भो यार" ठिटाहरुको बार्तालाप कानमा ठोक्कियो ! "किन के भो र सोनाम ! काम तमाम गरिस कि क्या हो ?" अर्को लुइरे जस्तो देखिने को तिखो प्रश्न सुनियो बडो प्रशन्न मुद्रामा ! " 75% done यार अब 25 % बाँकि छ,छिटटै हुन्छ त्यो पनि !! हलभित्रै सबै हुने कुरा त अलि बोर नै होला नि " केटोले नायकले जसरि बडो बिजयि भावमा भन्यो अनि अरु ठिटाहरुचाहँ उसको ब्यक्तित्वबाट प्रभावित भय झै देखिय ! मैले चुरोट दियको बाजेलाइपनि केटाहरुको कुरा घत परेर होला ,अलि उनिहरुतिर नजिकिय ! "बाउ-आमाको पैसामा लभ गर्दै हिँडने खातेहरु" मनमा निस्कियको यो बाक्यसँगै मलाइ अरु सुन्न मन लागेन ! पानि अझै परिरहेको थियो ! नजिकैको ढलमा प्रम निवासतिरबाट बगिरहेको भेल तिब्र गतिमा कुदिरहेको थियो सुनामिलाइ उछिन्छु भनेजसरि ! मोबाइलको रिङ बज्यो -गोजिमा ! हेरँ ! प्राइभेट नंबर थियो स्क्रिनमा लेखियको ! अमेरिकामा यतिबेला कति बज्यो होला - सायद म 15 Hours पछडि थियँ होला ! त्यहाँ मध्यरात हुनुपर्ने हो ! "हेल्लो ****" "यहाँ पानि परेर म स्टक भयको छु somewhere in ktm..ha ha ha " " yeah it happens only in Nepal..wht to do ?....." " यो Midnight मा नसुतेर के गरिबसेको तिमि ?" मेरो प्रश्न थियो यो - " hey..me too yaar..its terrible..but dont worry " " well !! everyone is fine..dont worry ..okey take care...i will call u soon" " ha ha ha...common...i do miss too..love u..bye " एकातिरको Conversation थियो यो अथवा मेरो मोवाइलबाट बोलियका ! मोबाइल राखेर म एउटा तातो कफि लियर आयँ भित्रबाट - use & throw Glass मा !एउटा चुरोट सल्कायँ...भिजेको T-Shirt ले अझ जाडो महसुश गरायको थियो ! कुनै समयमा कहिँबाट आयको यो नेपालि T-Shirt सँग जोडियका स्मरणहरु धेरै छन ! मिठामिठा !धेरै अघि म सोच्थेँ ! मान्छेहरु कहिलेकाहिँ क्षणिक आकर्षण ( Infatuation) लाइ प्रेमको नाम दिन्छन अनि गल्ति गर्छन सायद त्यो एउटा गल्ति थियो भनेर महशुस गर्नेबेलासम्म धेरै ढिला भैसकेको हुन्छ होला अनि मान्छेहरु सम्झौतामा जिवन बिताउँछन निरश अनि उराठ ! मैले सायद यस्तै कुनै गल्ति गरिरहेको त छैन भनेर म घण्टौँसम्म सोचिरहन्थे ! कसैँग खेल्नु मलाइ थियन,न-आफुसँग त्यो Expect नै थियो ! तर लामो समयसम्मको सोचबिहिनताबाट बहिरियर हेर्दा लाग्छ ,त्यो कुनै आकर्षण थियन ! त्यो त केवल एउटा प्रेम थियो ! केहि पाउनलाइ नगरियको एउटा प्रेम ! के कसैलाइ Blindly Love गर्दा हुने एउटा असोचनिय Happyness अरु केहि मा छ र ? चुरोट र कफि दुबै सकियो ! पानि पुरै बसिसकेको त थियन..अलिअलि परिरहेकै थियो तर सडकमा मान्छेहरु हिड्न शुरु गरिसकेका थिय ! खल्तिबाट Hanky निकालेर सिट पुछेँ !चिसो T-shirt बाटपनि कति धेरै न्यानोपन आइरहेको थियो..i cant explain. लाग्छ म त्यो T-Shirt अनि SHoe लाइ पनि प्रेम गर्छु होला ! कुनै winter मा म Airport जानेछु..त्यहि T-Shirt अनि त्यहि Shoe मा एउटा बिहानिमा कसैलाइ लिन !त्यो बिहानिमा पनि यस्तै पानि परोस अनि रुझ्न पाइयोस !! किनकि त्यो खुसिको पलमा केहि आँशु झर्नेछन..जुन म देखाउन चाहन्न..बर्षिरहेको पानिसँगै ति आँशुहरु कतै बिलाउनेछन ! कतै हराउनेछन !! ********** The End *********
Read Full Discussion Thread for this article