Posted by: gwanche September 9, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
सुरु गरौं है त: सबैभन्दा पहिला माफ पाउँ, चाहेर पनि हिरक महोत्सबमा अहिलेसम्म राम्ररी भाग लिन पाइएन। शुक्रबारसम्म काम कै धपेडी थियो, शनिबार, आइतबार पहिल्यै देखी बनाएको आउट डोर प्रोग्राम ! बल्ल क्षणिक फुर्सद भयो, मिले सम्म हिरक महोत्सबमा आफ्नो तुक्ष सहभागीता जनाउने नै छु। सबैभन्दा पहिला गोताएँ दाइको सडकमा ओर्लिएको घामको बारेमा एउटा मात्रै शब्द: सुन्दर! अती सुन्दर प्रस्तुती। आफ्नो सडकमा पनि घाम ओर्लिएको बेला याद आयो। मेरो भतिजा जन्मेको केही महिना सम्म फुच्चेको साथी बन्न पाइया थियो। कती निस्चल, निस्पाप हुन्छन बच्चाहरु! फुच्चे एक महिना जती को थियो क्यारे, जाडोको महिना, तेल लगाइ सकेपछी एकचोटि खेलाउनु पर्‍यो भनेर हिटरको नजिकै लगेर छातीमा राखेर खेलाउन सुरु गरे। भर्खरै तेल लगाएको हुनाले कपडा पनि लगाएको थिएन, डाइपर पनि थिएन। महासयलाई मसँग खेल्न मन नपरेको हो कि के हो, अचानक टाउको भरी पुरै कपाल, नाक, मुख भिजाउने गरेर सिंचाइ गरिदिनुभयो। सबैले जिस्क्याउन थाले, बाबुले तलाई पवित्र गरिदियो! अहिले त भतिजा महासय पाँच बर्ष पुग्न आँटे, प्राय: फोनमा कुरा हुन्छ, रमाइलो लाग्छ। नमे ब्रो, साँच्ची अन द स्पट कबिता लेखेको हो? हामी माथि अन्याय नगरुम न प्रभु, यस्तो प्रतिभा हुने मान्छेले त बेला बेलामा चौतारीमा आफ्न सिर्जना पस्केर हामीहरु माथि उपकार गरुम न यार। मिस दिदिको, एज युजुयल, गहन प्रस्तुती। फटिङ्रे पात्र मार्फत समाज मा ब्याप्त रुढिबाद्,जात भात जस्ता बिक्रिती माथि सटिक प्रहार। रगत मेरो रातो, रातो रगत तिम्रो पनि किन साथी तिम्रो ठुलो, मेरो जात नछुने? जिम्माल बाको के कुरा गर्नु, अद्वितिय प्रतिभा। चौतारी हिरक महोत्सबमा बुढालाई दोसल्ला ओढाएर सम्मान पत्र दिए पनि फरक नपर्ने। अहिले सम्म चौतारीका सबैभन्दा नियमित गाउँले! हुन त जिम्माल न हुन, जिम्माल नै चौतारी आउन छोड्यो भने उरु कसरी आउँलान र, हैन? मनोबाद राउरो छ। कमलिको कुरा सम्झाएर मुटु चसक्क पारीदिनु भो। ठुल्दाइ, सरि है बल्ल मात्रै कथा पढियो। ठुल्दाइको आफ्नै मौलिक प्रस्तुती, साधारण कुरालाई पनि अती राम्रो किसिम्ले बर्णन गर्न सक्ने प्रतिभा। तपाईंको कलमको फ्यान भएको हुनाले अनुराधा जीको बारेमा तपाईंको लेख्न सुरु गर्नुभएको कथाको अर्को भागको ब्यग्र प्रतिक्षामा। नमे ब्रोको पहिलो आँसु, दोस्रो हासो प्रस्तुती। रमाइलो रहेछ, हेरी नकचरो बिर्खे, उप्स हेरी श्रीमान नकचरा जिम्माल बा! खित खित खित..... गोताएँ दाइको दोस्रो प्रस्तुति जस्तो सुन्दर यात्राको प्रतक्ष्य अनुभव भएन तर प्रस्तुतिको मौलिकताले गर्दा उहि भतिजा महासयको फेरि याद आयो। पाठकले कथाका घटनाक्रमहरु आफ्नै वरीपरी भईराखेको जस्तो अनुभव गर्न पाइने प्रस्तुती, वेल डन! तपाइँ, भाउजु र आर्यालाइ सुन्दर यात्राको निरन्तरताको लागि धेरै धेरै सुभ कामना! नेपे दाजीले आफ्नो पहिलो स्रीजनाको लागि हाम्रो फोरमलाइ योग्य सम्झिनु भएको मा धन्यबाद। तपाइहरुको माया र आसिर्बादले चौतरि अनन्तसम्म फैलिरहने छ। अन्तरे ब्रो, मिस दिदि, मित्र गालबका निरन्तर गजल बर्षा तथा सुन्तले साथि तथा नेप्चे ब्रोका कबिता बर्षामा भिज्न पाँउदा मजा आयो। भर्खर महोत्सब त सुरु मात्रै भएको छ, अझै धेरै धेरै निथ्रुक्क भिज्न पाइयोस। सबैलाई फेरी पनि हिरक महोत्सबको शुभ कामना!
Read Full Discussion Thread for this article