Posted by: Nepe September 9, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
अहो, म त अवाक ! गजलको चक्रपात नै आएछ यहाँ । मिसनानी, गालउ, अन्तरे र अन्य बान्धवहरुलाई धन्यवाद । सबै स्रष्टाका रचना र पुनर्चनाका सबै पक्षमा टिप्पणी गर्न त ठूलै गृहकार्य बेगर सम्भव छैन । त्याँमाथि, यस अंकमा विस्तृत टिप्पणी भन्दा संक्षिप्त टिप्पणी गरेर बढी भन्दा बढी ठाम मौलिक प्रस्तुतिहरुलाई दिनु वान्छनिय होला भन्ने ठान्छु । तैपनि गजललेखन बारे एउटा उपयोगी अघोषित मान्यता भनिहाल्न मन लाग्यो । त्यो के भने गजलका शेरहरु कुनै कुराको वर्णनको लागि कम र टिप्पणीका लागि ज्यादा हुन् । वर्णनको लागि उत्तम विधा त गद्य (निबन्ध, कथा) हो । जब सादा वर्णनमा वर्णन बाहेक अन्य कुरा नथपी कुरा पूर्ण हुँदैन, तब कविताको सहारा लिईन्छ । त्यसैसंग सम्बन्धित अर्को महत्वपूर्ण कुरा, कवितामा -- गजलमा त अझ ज्यास्ती नै – सिधा (literal) भाषा भन्दा प्रतिकात्मक (figurative) भाषाको प्रयोग बढी सुन्दर हुन्छ । स्रष्टाहरुले यस पक्षलाई कमोबेसी ध्यान दिएकै छन् र अझ बढी दिदै जानेछन् भन्ने विश्वासमा छु । अनि मिसनानी, हजुरको गजल पनि नपढी बस्थें म ? पढें । भनें नि, अवाक् बनाउने । अरु कुराले हैन, हउरको रुमानी साईडले, हि हि हि ! बट सिरियस्ली, मैले बुझेको कुरा के भने हाम्रो जीवनका कुनै कुनै प्यारा कुरा यस्ता हुन्छन् जसलाई हामीले जान दिनै पर्छ । तिनीहरु जान कै लागि बनेका हुन्छन् । र हामीले जतिसुकै चाहे पनि, कोशिस गरेपनि ती हामीसंग बस्ने होईनन् । पाकिस्तानका सुप्रसिद्ध प्रगतिवादी कवि स्व. फैज अहमद फैज यसो भन्छन्- चाहे फूलपसल्नीको हातको कोमलता प्रयोग गरुम चाहे व्याधाको मुठ्ठीको कठोरता, फूलको बासना र बुलबुल चरीको गीत हाम्रो पञ्जामै रहनको लागि होईनन्, जानको लागि हुन् । दस्त-ए-सैय्याद भी आजिज है कफ-ए-गुल्चीं भी बु-ए-गुल ठहरी न बुल-बुल की जबाँ ठहरी है दस्त = हात सैयाद = व्याधा आजिज = विफल कफ = मुठ्ठी गुल्चीं = फूल पसले बु = गन्ध गुल = फूल जबाँ = आवाज _____________ Nepe
Read Full Discussion Thread for this article