Posted by: SurNaTal September 9, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
रिठ्ठे दाई तारेमाम। सबैको प्रस्तुतीहरु पढियो। गोतएँ दाई, नेपे दाई, अन्तरे, मिस, राहुल दाई र अरु नि धेरै। सुन्दर, उत्क्रिस्ट र रमाईला लागे कथा कबिता र गजल्हरु। मैले केही नयाँ लेख्न सकिन। यहाँ पुरानो एउटा राखेको छु। नयाँ वर्ष! ................................. शुभकामना लथालिँगै छरिएछन् सिसौका पालुवाहरु फेरिएछन् घरको भित्ते पात्रो पनि बदलिएछ करै लागेर सोधेथेँ संगिनिलाई फेरि एउटा नयाँ वर्ष थालिएछ। पुरानो शाल फेरियो नयाँ आयो खै के भयो र देख्ने मैले मेरि संगिनि पुरानै छिन् चोलोको पाखुरो टालेकै छ नाम्लोको डाम् बसेकै छ। खै के भयो र कहाँ खोज्ने मैले भुन्टेको भोक् चिच्याईरहेकै छ च्यान्टीको जाडो काँपिरहेकै छ सेतै फुलेकी मेरि आमा आँसु पिईरहेकै छिन्। खै के भयो र, सिर्फ, एउटा नयाँ अँकै त रहेछ - नयाँ वर्ष एउटा नयाँ पात्रै त रहेछ - नयाँ वर्ष। मेरि सँगिनि झोक्किइन्, देखेनौ बुढा नयाँ वर्ष -नियालेर हेरत। बल्ल पो आँखा खुले, नयाँ वर्ष, कपाल पालेर पनि आएछ नयाँ वर्ष, कपाल फालेर पनि आएछ नयाँ वर्ष, मुन्द्रि हालेर पनि आएछ नयाँ वर्ष, मुन्द्रि फालेर पनि आएछ। टोल-टोलमा - Beauty Contest बनेर आएछ, मोल - मोलमा - Fashion Show बनेर आएछ, गितारको तार बौलाएर पनि आएछ, मैयाँको प्यार मौलाएर पनि आएछ। त्यसैले, शुभकामना मेरि संगिनिलाई पनि पाना आकारमा टालिदेउ त पाखुरो चोलोको तिम्रो पनि नयाँ वर्ष गाँजिएर आइहाल्छ। ...................... सुर् न ताल्
Read Full Discussion Thread for this article