Posted by: nepalean September 9, 2007
~~चौतारी - ७५ (हीरक अंक!)~~
Login in to Rate this Post:     0       ?        
यो हिरक त मैलाइ लागेछ । सायद जुगौ पछि होला चौतारीको सप्पै थ्रेड पढेको । कथा, कबिता कुनै पनि छुटाइन । झन त्यसमा कागजमै नकोरि कबिता लेख्दा म त्यसै दंग छु। सायद भानु जयन्ति पछिको कबिता होला । हिरक महोत्शब आइराखोस जस्तो । अनि त नेपे दाजी गजल लिएर आउथे, मिस कथा, गालब गजल, बिर्खै गनथन , अन्तरे कबिता, राहुल दाइ कबिता र कथा, गोतामे दाइ दैनिकि आदी आदी । मानौ एस एल सि दिएर फुर्सत भाको जस्तो कस्तो हलुंगो भाको । सबै थ्रेड पढ्न नि आनन्द आउदो रैछ , नत्र अरुबेला कस्ले के भन्छ के छुट्छ अनि फेल भएको बिध्धार्थी जस्तो ट्वाल्ल पर्नु पर्ने । काममा पनि इन्टेरनेट ट्रयाक हुन्छ । अब साझा यस्तो खतरानाक छ कि कुन बेला कस्तो फोटो आउने, कुन बेला कस्तो थ्रेड आउने , अलकाइदा को बम भन्दा पनि ड्यानजर , साझा खोल्ने त आटनै आउदैन । जे होस हरेक दिक्क लाग्ने क्षणलाइ साझा चौतारीले लाइनमा ल्याएको छ । तर यो हिरकमा केही हस्तिहरु हराएको र कोइ हाटा गरेको अलि मिलने क्या । हुन त भन्न सजिलो, उनिहरुलाइ ट्यामले रोटेपिंग खेलाउदै होला । तर पनि यसो मगज फुलाएर हामलाइ पनि चौतारीमा रोटेपिगं खेलाइदिए रमाइलै हुन्थ्यो । दिप तिमि त एक हातलिएर पाखा तिर लागेछौ, यसो चौतारीको हागों समातेर दुइहात सितै उक्लन , बांगेको तालमा उता भागेर नि हुन्छ ? गोतामे दाइले दैनिकि पुरा गरेर रमाइलो थपेकोमा धन्यबाद । राहुल दाइ खोइ त अनुराधाको कथा सक्काको ? यसो सांझ तिर फेरी लाइभ कबिता हान्ने जमर्को गर्ने छु, अहिलेलाइ बिदा !
Read Full Discussion Thread for this article